back
CTIZAN AD

यसरी बनाउनुहोस् आफूलाई सकारात्मक जसले सबैतिर सकारात्मकताको सन्देश प्रवाह गरोस्

वि.सं.२०७६ भदौ ६ शुक्रवार

771 

shares

यदि हामी कसैका बारेमा सकारात्मक सोच्छौं, सकारात्मक बोल्छौ भने हाम्रो दिमागमा पनि सकारात्मक सोच नै आउने र जसका बारेमा हामी नकारात्मक सोच्छौं हामीमा पनि नकरात्मक भावना नै पैदा हुन्छ ।

यदि तपाई कसैलाई वाह तिमी राम्रो छौं, तिमीले राम्रो गर्र्र्यौ, तिमीले राम्रो गर्दैछौं भनेर कसैको सह्राना गर्नु भयो भने तपाईमा सकारात्मकताको प्रवाह हुन सुरु गर्छ । यदि तपाई कोही प्रति नकारात्मक भावना राख्नु भयो र उसलाई नराम्रो सोच्नु भयो भने तपाईले पनि नराम्रो महसुस गर्नुहुनेछ ।

आउनुहोस् जानौं के हामी पूरै जीवन सकारात्मक बन्न सक्छौं त ?

तपाई जीवनभर सकारात्मक बन्न सक्नुहुन्छ । तर, तपाईले जीवनभरी अरुको बारेमा सकारात्मक सोच भने राख्नैपर्छ । उनीहरुका बारेमा सकारात्मक कुरा गर्नैपर्छ । अनि यदि कसैलाई नराम्रो सोच्नुभन्दा पहिलो यो पनि सोच्नुहोस् कि, ‘केही कमि ममा पनि छ, आखिर म पनि त मानव नै हुँ, म बाट पनि गल्ति हुनसक्छ ।’

अर्को कुरा यदि तपाई सकारात्मक बन्नु भयो भने, तपाईसँगै अन्य धेरै व्यक्तिलाई पनि फाइदा हुन्छ । चाहे त्यो घर होस् यात फेरि अफिस ।

अनि तपाईको जीवनमा पनि सधै सकारात्मकताको प्रवाह हुन्छ । त्यसैले हरेक मानिसभित्र सकारात्मक कुरा खोज्नुहोस् । भलै उसमा धेरै नकारात्मक छ भने पनि उसको बारेमा तेश्रो व्यक्तिसँग कुरा गर्दै हिड्नु भन्दा उसलाई सकारात्मक बन्न सुझाव दिनुहोस् । जस्तै, धेरै राम्रो थियो, थोरै केही कमि थियो, यो भन्दा राम्रो गर्न सक्नुहुन्छ लगायतका सुझाव दिएर उसमा उत्साह भरिदिन सक्नुहुन्छ । ‘मैले गरेको काम राम्रो रहेछ, तर केही सुधार गर्नुपर्दोरहेछ’ भनेर उ आफै पनि सकारात्मक बनोस् । तर, उसलाई डाइरेक्ट यस्तो कहिले नभन्नुहोस् कि, तिमीले गरेको काम बेकार थियो, यो राम्रो थिएन, त्यो नराम्रो गर्यौ जस्ता । यसले हामीभित्रै नकारात्मक सोचको घर बनाइदिएको हुन्छ ।

यदि तपाईले अर्को व्यक्तिमा कति सकारात्मक कुराहरु छन् भनेर खोज्नु भयो भने, तपाईमा पनि सकारात्मता बढ्दै जान्छ । तपाई जति सकारात्मक बन्दै जानुहुन्छ, परिवार, समाज अनि देशमा तपाईको सकारात्मकताको प्रवाह हुँदै जान्छ । जीन्दगीमा सबैभन्दा सकारात्मक बन्ने एउटै उपाय हो, त्यहो सबैभित्र सकारात्मकताको खोजी गर्नुहोस् ।

वि.सं.२०७६ भदौ ६ शुक्रवार १५:०३ मा प्रकाशित

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...