back

विद्यालय क्षेत्र सुधार योजना (२०६६ –२०७२) मा शिक्षक शिक्षा

वि.सं.२०७६ भदौ ८ आइतवार

4.4K 

shares
RBB AD
NTC AD

विद्यालय क्षेत्र सुधार योजना (२०६६–२०७२)
शिक्षक तयारी र विकासका प्राथमिकतालाई हेर्दा विद्यालय क्षेत्र सुधार योजना (२०६६–२०७२) निक्कै महत्वपूर्ण देखिन्छ । शिक्षकको गुणस्तर तथा सक्षमतामा नै शिक्षाको गुणस्तर निर्भर गर्छ । यस योजनामा शिक्षकको न्युनतम योग्यता र स्तरको वृद्धि हुनु पर्ने भनी प्रस्ताव गरिनुका साथै,अनिवार्य रूपमा सेवा पूर्व, तालिम तथा पुनर्ताजगी तालिम प्रावधानहरूको योजना गरिएको छ ।
शिक्षक नियुक्ति

शिक्षक नियुक्ति प्रक्रिया स्थानीय तहमा विकेन्द्रित गरिने र शिक्षक बन्न चाहने उम्मेदवारले पूर्व सेवाकालीन तालिम पूरा गरी अध्यापन अनुमति लिएको हुनुपर्ने व्यवस्था छ ।
२. वृत्ति विकास:
पेशागत वृत्ति विकासका दुई पाटा हुनेछन् एउटा आधारभूत तहका शिक्षक र अर्को माध्यमिक तहका शिक्षक । आधारभूत तहका शिक्षक पनि माथिल्लो तहको योग्यता भए खुल्ला तथा आन्तरिक प्रतियोगितामा प्रतियोगी हुन पाउँछन् भन्ने व्यवस्था प्रस्तावित थियो ।
३. न्युनतम योग्यता
– आधारभूत तहका लागि शिक्षक तयारी कोर्स लिएको उच्च माध्यमिक वा सोसरहको शिक्षा प्राप्त, ( नेपाल सरकारौरा प्रस्तावित सङ्घीय शिक्षा ऐनमा भने बि.एड. वा सोसरह भनिएको छ )
– माध्यमिक तहका लागि शिक्षक तयारी कोर्स लिएको एम.एड. वा सो सरहको,
– कार्यरत शिक्षकहरू भने सम्बन्धित तहका लागि योग्य नै मानिनेछन् ।
वृत्ति विकासका लागि दुवै (आधारभूत र माध्यमिक) तहका शिक्षकका लागि निम्न तह निर्धारण गरिएको छ ।
१. सिकारु शिक्षक (Beginner eacher)
२. अनुभवी शिक्षक (Experiened Teacher)
३. दक्ष शिक्षक (Master Teacher)
४. विशेषज्ञ शिक्षक (Expert Teacher)
यसका लागि शिक्षकको क्षमता, अनुभव, शैक्षिक योग्यता, प्राप्त तालिम, विद्यार्थी उपलब्धी स्तर, कार्यसम्पादन मूल्याङ्कन आदिका आधारमा बढुवा र स्तरोन्नति गर्ने प्रावधान छ ।
SSRP अनुसार, शिक्षकको सेवाकालीन तालिमको स्थान :
१. आफू विद्यार्थी छँदा शिक्षकबाट गरिएको शिक्षण अनुभवको गहन अवलोकन,
२. पूर्व सेवाकालीन शिक्षक तालिमको कोर्स,
३. सेवा प्रवेश तालिम,
४. पेशागत विकास सम्बन्धी तालिम ।
उपरोक्त चार मध्ये कार्यरत शिक्षकका हकमा चौथो चरण मात्र पूरा गर्न बाँकी रहेको भनी पेशागत उत्कृष्टतातर्फ डो¥याउने रोडम्यापका रूपमा टि.पि.डि. (शिक्षकको पेशागत विकासलाई लिइएको छ ।
टिपिडी पहिले देखि सञ्चालित शिक्षक तालिमहरुकै निरन्तर श्रृङ्खलामा आएको हो । विगतका तालिमबाट प्राप्त सैद्धान्तिक ज्ञानका आधारमा स्थलगत सिकाइ गर्ने र आत्म प्रतिविम्वन गर्दै पेशाकर्मी पनि निरन्तर सिकारु हुन् भन्ने पहिचान गर्ने प्रयत्न गरिएको छ ।
यसले शिक्षकलाई केही नजान्नेका रुपमा नहेरी पेशागत विकासलाई निरन्तरता दिन चाहने एक उत्साही पेशाकर्मीका रुपमा हेरिन्छ । त्यसैले यो तालिम दिँदा growth model का आधारमा दिइन्छ ।

शिक्षकको पेशापत विकासका चरणलाई यस प्रकार औँल्याइएको पाइन्छ ।

१. आत्मबोधको चरण : आफूमा के कस्ता ज्ञान सीप, र धारणाको आवश्यकता पर्दछ भन्ने कुराको जानकारी हुनु,
२. आत्मक्रियाशीलताको चरण : आवश्यकता अनुसार योग्यता बढाउने, सीप विकास गर्दै जाने, पुरानो धारणामा परिवर्तन ल्याउने,
३. आत्मनवीकरणको चरण :उपरोक्त दुई विधि अपनाउदै समय परिस्थिति अनुसार आफूलाई सदा अध्यावधिक गर्दै जानु ।
यसरी शिक्षकले कार्यक्षेत्रमा सामना गर्नु परेका शिक्षण सिकाइसम्बन्धी तत्कालीन समस्या समाधान गर्न र शिक्षण कार्यमा उत्कृष्टता निश्चित गर्न शिक्षकको निरन्तर पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित भई सञ्चालन गरिने डिपिडि मोड्युल निम्नानुसार संरचनामा निर्माण गरिएको पाइन्छ ।
भाग नाम कार्य दिवस गणना विधि
भाग १ तालिम कार्यशाला ५ ५ दिन आमने सामने
भाग २ स्वाध्यायन अभ्यास २०–३० ३ दिन विद्यालयमा आधारित
भाग ३ शैक्षणिक परामर्श २ २ दिन मूल्याङ्कन तथा वैठक

उपरोक्त संरचना अनुरूप तीन चरणका कार्यक्रम पूरा गरेपछि एक महिनाको टि.पि.डि. पूरागरेको मानिन्छ र यसलाई शिक्षकको वृत्ति विकास र बढुवा प्रक्रियासँग पनि जोडिन्छ ।
विद्यालय क्षेत्र सुधार योजना (२०६६–२०७२) को अवधिभर देश राजनीतिक द्वन्द्व र अस्थिरतामा रुमल्लियो जसका कारण योजनाले प्रस्ताव गरेका विषयलाई ऐन नियममा व्यवस्था गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न असहज भयो । हाल नेपालमा विद्यालय क्षेत्र विकास योजना सञ्चालित छ । यसमा पनि शिक्षकको पेशागत विकासलाई उच्च प्राथमिकता प्रदान गरिएको छ ।


विद्यालय शिक्षकमा निम्न लिखित आठओटा सक्षमता सुनिश्चित गरिएको छ ।
१. विषयवस्तुो ज्ञान
२. शिक्षण सिकाइका तौर तरिका सम्बन्धी ज्ञान
३. बालबालिका सिकारु सम्बन्धी ज्ञान
४. सिकाई वातावरण तथा कक्षा व्यवस्थापन
५. सञ्चार तथा सहकार्य
६. निरन्तर सिकाइ र पेशागत विकास
७. कानुनी आधार तथा पेशागत आचार संहिता
८. सूचना तथा सञ्चार प्रविधि
SSRP मा जस्तै अध्यापन अनुमति पत्र र तालिमलाई SSDP मा पनि निरन्तरता दिइएको छ ।

निष्कर्ष

नेपालमा शिक्षकको पेशकागत विकास सम्बन्धी व्यवस्थित प्रावधान र त्यसको कार्यान्वयनको प्रस्थानविन्दु २००४ सालमा खोलिएको आधार शिक्षण केन्द्र हो । यसलाई थप मजबुद र व्यवस्थित गर्ने कलेज अफ एजुकेशनले महत्वपूर्ण भूमिका खेल्यो । त्रि.वि. शिक्षाशास्त्र अध्ययन संस्थान, र हाल शिक्षाशास्त्र सङ्काय शिक्षकका तयारी कोर्स र पेशागत विकासका लागि पनि पहत्वपूर्ण भूमिका निर्वाह गरेका संस्था हुन् भन्ने सिद्ध हुन्छ, हाल त्रि.वि. तथा अन्य विश्वविद्यालयले शिक्षाशास्त्र अन्तर्गत शिक्षक तयारी कोर्सहरु पढाउँदै आएका छन् भने पेशागत विकास सम्बन्धी तालिम चाहिँ नेपाल सरकार शिक्षा मन्त्रालयले आफ्नै मातहतमा शैक्षिक जनशक्ति विकास केन्द्र, शैक्षिक तालिम केन्द्र तथा स्रोत केन्द्रहरूमा तालिम हबको प्रबन्ध गरी गर्दै आएको छ । विभिन्न परियोजना SSRP तथा SSDP कै माध्यमबाट देशी तथा विदेशी सानाठूला विभिन्न दात्री निकायले आर्थिक सहयोग गर्ने गरेको पाइन्छ । विषयगत रूपमा शिक्षक तालिम सञ्चालन हुने हुनाले नेपाली भाषा शिक्षकहरूको पेशागत उन्नयनमा पनि सहज भएको छ ।
यसका अतिरिक्त भर्खरै संघीय संरचनामा गएको देशले कानुनी र व्यवहारिक दुवै हिसावले निश्चित गति हासिल गरिसकेको छैन । शिक्षाका प्रशासनिक निकायको तहगत संरचना सुनिश्चित हुन बाँकी छ । केन्द्र प्रदेश र स्थानीय तहले प्रयोगगर्ने संवैधानिक अधिकार व्यवहारतः अभ्यास भई गति लिन वाँकी छ बरु तहगत निकायहरू वीच असमझदारी र अन्यौलको स्थिति देखिदै छ । यसले विद्यालय क्षेत्र विकास योजना अवधि पनि अपेक्षित उपलब्ध हासिल नभई सङ्क्रमणको चपेटामा पर्ने हो कि भन्ने चिन्ता व्याप्त छ । तसर्थ शिक्षा क्षेत्रलाई संवेदनशील क्षेत्र मानी यसको गुणस्तर अभिवृद्धिका लागि सम्वद्ध सबैको होसियारी रहनु आवश्यक देखिन्छ ।

सन्दर्भ ग्रन्थहरू
बराल, खगराज (२०७०) शैक्षिक विचरण, काठमाडौँ :समी सम प्रकाशन गृह ।
बराल, खगराज (२०७१) केही शैक्षिक प्रबन्ध काठमाडौँ : समी सम प्रकाशन गृह ।
भट्टराई गोविन्दराज र लुइटेल खगेन्द्र प्रसाद सम्पा. (२०६३) डा. बल्लभमणि दाहालका रचनाहरु काठमाडौँ :डा. सुभद्रा सुब्बा,
वस्ती सरच्चन्द्र, घिमिरे, सुदर्शन र विश्वकर्मा, बाबुराम सम्पा. (२०७३) शिक्षक स्रोत पुस्तक, काठमाडौँ सिकाइ समूह
शर्मा गोपिरमण (२०६०) नेपालमा शिक्षाको इतिहास् भाग १ र २ काठमाडौँ : मकालु बुक्स
शिक्षकको पेशागत विकास कार्यक्रम नमूना टिपिडी मोड्युल सामग्री संग्रह : काठमाडौँ : शैक्षिक जनशक्ति विकास केन्द्र ।
शिक्षकको पेशागत विकास कार्यक्रम कार्यान्वयन पुस्तिका, काठमाडौँ : शैक्षिक जनशक्ति विकास केन्द्र ।

हेरम्बराज बास्तोला नेपाली भाषासँग सम्बन्धित विषयमा विद्याबारिधिका शोधार्थी हुन् , हाल महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्यापनरत छन् ।

वि.सं.२०७६ भदौ ८ आइतवार १४:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

शिक्षक सरुवा र काजका नाममा हुने बेथिति रोकिँदै

काठमाडौं । ‘विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट...

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

आफूले गरेको निर्णयबाट पछि नहट्ने मन्त्री सुमना श्रेष्ठको भनाई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई...

पालिकाले घोषणा गर्यो ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

पालिकाले घोषणा गर्यो ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

पर्वत । मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवावर्ग विदेशिने क्रम बढ्दै...

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९...

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

मल बनाउँदै फलफूल तथा तरकारी खेती गर्छन् विद्यार्थी

गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका...

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३०...