back
CTIZAN AD

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी रोकेर भित्तो काट्ने तयारी

वि.सं.२०७३ मंसिर ८ बुधवार

1.1K 

shares

८ मङ्सिर, चितवन  । नारायणगढ–मुग्लिन सडकखण्डमा चाडपर्व सकिएसँगै गाडी रोकेर भित्तो काट्ने र सडक फराकिलो बनाउने तयारी सुरु गरिएको छ ।

गत वर्ष केही महिना दिउँसो चार घण्टासम्म सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सो सडकखण्डको ३२ किलोमिटरमध्ये १९ दशमलब पाँच किलोमिटर क्षेत्रमा भित्तो काटेर सडक फराकिलो बनाउनुपर्नेछ ।

खनालले भन्नुभयो, “अग्लो पहाड र साँघुरो सडक भएकाले गाडी नरोकी काम गर्न मिल्दैन ।” आयोजनाले निर्माण कम्पनीलाई गाडी रोक्दै गर्दा उपकरण र जनशक्ति बढाउनुपर्ने जनाउँदै आएको छ ।

के कति उपकरण र जनशक्ति निर्माण गर्न सक्छ, सोही आधारमा स्थानीय प्रशासनसँग सहकार्य गरी बाटो चौडा बनाउन सवारी रोक्न आग्रह गरिने खनालले बताउनुभयो ।

सवारी नरोकी भित्तो काट्न भने असम्भव छ । सकेसम्म चाँडो भित्तो काट्नका लागि सवारी रोकिदिन निर्माण कम्पनीले दबाब दिँदै आएको छ । सो सडकखण्ड धुलाम्मे बनेपछि आयोजनाले फराकिलो बनिसकेका ठाउँमा कालोपत्रेको तयारी गर्न भनेको छ ।

इञ्जिनियर खनालका अनुसार पुसको दोस्रो साताबाट सडकखण्डमा कालोपत्रे थालिंदै छ । सो सडकको आँपटारी, रामनगर, दासढुङ्गा, घुमाउनेलगायतका ठाउँमा अत्याधिक धुलो उड्नाले सवारी साधन, यात्रु र स्थानीयले सास्ती व्यहोर्दै आएका छन् ।

सडकमा दैनिक तीनवटा ट्याङ्करले पानी छर्केको भएपनि त्यो अपुग भएको बताइएको छ । हालसम्म ४० प्रतिशत काम सम्पन्न हुनुपर्नेमा ३० दशमलब पाँच प्रतिशत मात्रै निर्माण सम्पन्न भएको छ ।

ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेपछि चार महिना १५ दिन थप गरी २०७४ को भदौमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता बढाइएको छ ।

सडकको १६ किलोदेखि मुग्लिनसम्म नौ मिटर फराकिलो र १६ किलोदेखि आँपटारसम्म ११ मिटर फराकिलो सडक निर्माण गरिँदैछ । विश्व बैंकको रु दुर्य दुई अर्ब ९० करोडको आर्थिक सहयोगमा सो सडक निर्माण थालिएको हो । एसियन हाइवेअन्तर्गतको एएच४टु खण्डअन्तर्गत नारायणगढ मुग्लिन सडकखण्ड पर्दछ ।

इञ्जिनियर खनालका अनुसार चीन हुँदै नेपालको कोदारी, काठमाडौँं, नागढुङ्गा नौबिसे, मुग्लिन नारायणगढ, हेटौंडा र वीरगन्जबाट भारतको मोजफ्रपुर हुँदै जाने यो सडक एसियन हाइवेको एक खण्ड हो । रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार १३:१३ मा प्रकाशित

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

गम्भीर आत्मसमीक्षासहित नयाँ रणनीतिमा अघि बढाैँः नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले हालैको निर्वाचन...

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

समानुपातिकतर्फ ९९ लाख ७४ हजार मतगणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल ९९ लाख ७४...

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन...