back
CTIZAN AD

सांसदको तलव वृद्धि विरुद्ध विद्यार्थीको विरोध प्रदर्शन

वि.सं.२०७३ मंसिर ८ बुधवार

1.2K 

shares

 ८ मङ्सिर,काठमाडाँै । सांसदको तलबभत्ता बढाउने निर्णयविरुद्ध विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् ।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)लगायत १३ विद्यार्थी सङ्गठनले आज दिउँसो रत्नपार्कस्थित शान्तिकाटिकामा सांसदको तलवभत्ता वृद्धिविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरूले सांसदको वृद्धि तलब तत्काल फिर्ता गरिनुपर्ने माग राखेका छन् ।

प्रदर्शनमा ‘सांसदको वृद्धि सुविधा अविलम्ब फिर्ता गर, संविधान कार्यान्वयनमा ध्यान देउ’ ‘राष्ट्रिय सहमतिका लागि राजनीतिक दल एक हौँ’ भन्ने नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले जनहितविपरीत गरिएको सांसदको तलबभत्ता वृद्धि फिर्ता गरिनुपर्ने बताउनुभयो ।

उहाँले वृद्धि तलब फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिनुभयो ।

अखिलका अध्यक्ष नविना लामाले जनताको गाँस, बासको व्यवस्था नभएको अवस्थामा सांसदको तलववृद्धि गर्नु लज्जास्पद भएको भन्दै अविलम्ब वृद्धि तलव फिर्ता गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

वैद्य निकटका अनेरास्ववियु (क्रान्तिकारी) सहसंयोगक राम नेपाली, अखिल (छैठो)का अध्यक्ष विमल पोखरेललगायतले सांसदको तलववृद्धि नेपाल र नेपालीका हितविपरीत भएकाले फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो ।

भूकम्प र नाकाबन्दीले जनता थिलोथिलो भएका बेला वेमौसमी ढङ्गले आफ्नो तलव आफैं बढाउने सांसदहरूको गैरजिम्मेवार निर्णयविरुद्ध आन्दोलन थालिएको अनेरास्ववियु उपाध्यक्ष महेश बतौलाले जानकारी गराउनुभयो । रासस

वि.सं.२०७३ मंसिर ८ बुधवार १३:१५ मा प्रकाशित

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

देवानगञ्ज घटनामा प्रधानमन्त्रीको भूमिकाप्रति गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३...

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

देवानगञ्ज गोलीकाण्ड छानबिन समिति पुग्यो घटनास्थलमा, वार्तामार्फत समाधान खोज्द दलहरुको अपिल

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डको...

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीन जनाको मृत्यु

कपिलवस्तु, । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित बहादुरगञ्ज–तौलिहवा हुलाकी सडकखण्डमा ट्रकको...

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

सुनसरी घटना : बदलाको भावना त्यागेर संयम अपनाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी...