९ भाद्र, काठमाडौँ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक ट्रिफर धनि पबन सिलवाललाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर, गोदावारीमा बस्ने सिलवालले यही ९ गते महानगरपालिका वाईपास डिउटीमा खटिएको प्रहरी टोलीलाई ट्रिफर चेकजाँच गर्ने क्रममा रु ५ सय दिई आर्थिक प्रलोभनमा पारी कारबाहीबाट बच्न खोजेको कारण महानगरिय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा निजलाई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
वि.सं.२०७६ भदौ ९ सोमवार १६:०८ मा प्रकाशित




























