back
CTIZAN AD

शेयर बजार ओरालो लाग्ने क्रम जारी, कसले कति गुमाए त ?

वि.सं.२०७६ भदौ ९ सोमवार

681 

shares


९ भाद्र, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।
साताको आज दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ ।

नेप्से घटेपनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर रु ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोबार भयो ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहको शेयर नै आज ओरालो लागेको छ । बैंकिङ ४.८५, होटल १४.३३, विकास बैंक ४.०८, जलविद्युत् ८.८८, वित्त २.४७, निर्जीवन बीमा २८.३६, उत्पादन २२.५२, अन्य ४.४८, लघुवित्त ०.८१, जीवन बीमा ६८.०३ र सामूहिक लगानी कोष ०.०६ बिन्दुले घटेको छ ।

सोमबार प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको रु १० करोड २१ लाख ६१ हजार ७८४ बराबरको कारोवार भयो । यस्तै नविल बैंक रु एक करोड ७९ लाख २९ हजार ३०, नेपाल बैंक रु एक करोड ६७ लाख ११ हजार ६५४, एनआइसिएशिया बैंक रु एक करोड ३८ लाख ८२ हजार ३९७, नेपाल लाइफ इन्स्योरेन्स रु ९२ लाख ८६ हजार र रसुवागढी जलविद्युत् कम्पनी रु ८५ लाख ४६ हजार ७९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज साल्ट टे«डिङ कम्पनीका शेयरधनीले ४.८७ प्रतिशतले कमाएका छन् । यस्तै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ४.६७, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.८०, कर्णाली डेभलपमेन्ट बैंक ३.७७, र सबैको लघुवित्त वित्तीय संस्था ३.७५ प्रतिशतले कमाए ।

यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी ६.३३, आँखु खोला जलविद्युत् कम्पनी ५.९७, एनआइबिएल प्रगति फण्ड ५.४५, सिर्जना फाइनान्स ४.४१, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ४.३० र रसुवागढी हाइड्रोपावर कम्पनीका शेयरधनीले ४.१० प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ भदौ ९ सोमवार १६:३२ मा प्रकाशित

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...