९ भाद्र, काठमाडौँ । भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका नायव सुब्बा मिथिलेश्वर ठाकुर विरूद्ध मुद्दा दायर गरिएको छ ।
निजले जग्गाधनीको स्रेस्ताबाट जग्गाको मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहिहरूसँग रु ५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा सेवाग्राहीसँग मोहीको लगत कट्टा गर्ने प्रयोजनको लागि घुस लिएको स(प्रमाण पुष्टि भएकाले निजले भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ भदौ ९ सोमवार १६:५४ मा प्रकाशित