back

रवि लामिछानेको विषयमा अदालतको यस्तो आदेश, औषधि गर्न विदेश जानुपरे पनि अनुमति लिनुपर्ने

वि.सं.२०७६ भदौ ९ सोमवार

42 

shares

९ भदौ, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा लिइएका संचारकर्मी रवि लामिछाने विदेश जान न पाउने भएका छन् ।

जिल्ला अदालत चितवनमा आज भएको थुनछेक बहसपछि न्यायाधिश हेमन्त रावलको इजलासले लामिछानेसँग पाँचलाख धरौटी समेत माग गरेको छ । साथै लामिछानेले सिधा कुरा जनतासँगको कार्यक्रममा यस मुद्दा बारे कार्यक्रम चलाउने नपाउने तथा औषधि गर्नका लागि विदेश जानु परेपनि अदालतको अनुमति लिनुपर्ने अदालतले आदेश दिएको छ ।

आत्महत्या दुरुत्साहनको मुद्दा लगाइएका संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीसँग आइतबारदेखि लिइएको बयान पछिको थुनछेकको बहसमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरिएको छ भने लामिछानेसँग ५ लाख र कँडेलसँग ३ लाख धरौटी माग गरेको छ ।

अदालतले माग गरेको धरौटी जम्मा गरेपछि उनीहरु छुट्न सक्ने र फैसला नहुँदा सम्म बाहिर रहेर मुद्दामा पुर्पक्ष गर्न पाउने छन् ।

न्युज २४ मा सिधा कुरा जनतासँगको कार्यक्रममा लामिछानेसँगै काम गरेर पछि माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार शालिकराम पुडासैनी साउन २० गते नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । आत्महत्या गरिएका भनिएका उनले रेर्कड गरेको भिडियोमा संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका कारण आफू मर्न बाध्य भएको भनेर आरोप लगाएका थिए ।

सोहि भिडयोको आधारमा अनुसन्धानका लागि भनेर चितवन प्रहरीद्धारा पक्राउ गरिएका लामिछाने, कँडेल र नर्स कार्की १० दिन प्रहरीको हिरासतमा रहेका थिए । उनीहरुमाथि गरिएको अनुसन्धानको प्रतिवेदन प्रहरीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि उनीहरुमाथि आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरिएको थियो । सोहि मुद्दामा आइतबार रुकु कार्की र सोमबार लामिछाने र कँडेलसँग बयान लिइएको थियो ।

बयान पछि भएको थुनछेक बहसले उनीहरुलाई धरौटी माग र साधारण तारेखमा रिहा गर्ने फैसला गरिएको हो ।

वि.सं.२०७६ भदौ ९ सोमवार १९:३२ मा प्रकाशित

सांसद सिंहद्वारा एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न माग

सांसद सिंहद्वारा एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको...

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

मलेसिया पुगेका रविले भने-विदेशमा बस्ने नेपालीका लागि पनि राजनीतिमा आए

मलेसिया पुगेका रविले भने-विदेशमा बस्ने नेपालीका लागि पनि राजनीतिमा आए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु राजनीतिमा...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...