back
CTIZAN AD

रवि लामिछानेको विषयमा अदालतको यस्तो आदेश, औषधि गर्न विदेश जानुपरे पनि अनुमति लिनुपर्ने

वि.सं.२०७६ भदौ ९ सोमवार

894 

shares

९ भदौ, काठमाण्डौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा लिइएका संचारकर्मी रवि लामिछाने विदेश जान न पाउने भएका छन् ।

जिल्ला अदालत चितवनमा आज भएको थुनछेक बहसपछि न्यायाधिश हेमन्त रावलको इजलासले लामिछानेसँग पाँचलाख धरौटी समेत माग गरेको छ । साथै लामिछानेले सिधा कुरा जनतासँगको कार्यक्रममा यस मुद्दा बारे कार्यक्रम चलाउने नपाउने तथा औषधि गर्नका लागि विदेश जानु परेपनि अदालतको अनुमति लिनुपर्ने अदालतले आदेश दिएको छ ।

आत्महत्या दुरुत्साहनको मुद्दा लगाइएका संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीसँग आइतबारदेखि लिइएको बयान पछिको थुनछेकको बहसमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरिएको छ भने लामिछानेसँग ५ लाख र कँडेलसँग ३ लाख धरौटी माग गरेको छ ।

अदालतले माग गरेको धरौटी जम्मा गरेपछि उनीहरु छुट्न सक्ने र फैसला नहुँदा सम्म बाहिर रहेर मुद्दामा पुर्पक्ष गर्न पाउने छन् ।

न्युज २४ मा सिधा कुरा जनतासँगको कार्यक्रममा लामिछानेसँगै काम गरेर पछि माउन्टेन टेलिभिजनमा कार्यरत नुवाकोटका पत्रकार शालिकराम पुडासैनी साउन २० गते नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए । आत्महत्या गरिएका भनिएका उनले रेर्कड गरेको भिडियोमा संचारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीका कारण आफू मर्न बाध्य भएको भनेर आरोप लगाएका थिए ।

सोहि भिडयोको आधारमा अनुसन्धानका लागि भनेर चितवन प्रहरीद्धारा पक्राउ गरिएका लामिछाने, कँडेल र नर्स कार्की १० दिन प्रहरीको हिरासतमा रहेका थिए । उनीहरुमाथि गरिएको अनुसन्धानको प्रतिवेदन प्रहरीले आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएपछि उनीहरुमाथि आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरिएको थियो । सोहि मुद्दामा आइतबार रुकु कार्की र सोमबार लामिछाने र कँडेलसँग बयान लिइएको थियो ।

बयान पछि भएको थुनछेक बहसले उनीहरुलाई धरौटी माग र साधारण तारेखमा रिहा गर्ने फैसला गरिएको हो ।

वि.सं.२०७६ भदौ ९ सोमवार १९:३२ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...