back
CTIZAN AD

त्यो कस्तो भिड हो जो रविलाई सगरमाथा चढाएर लडाउन चाहान्छ

वि.सं.२०७६ भदौ ९ सोमवार

765 

shares

कानूनको शाशन, भिडको भाषण, नेताको आशन, युट्युबर्को राशन, सामाजिक संजालमा कसैले ठोकुवा, कसैले अनुमान, कोहि फलानाका, कोहि ढिस्कानाका देखिने हनुमानहरुको गर्जन भन्दा पृथक सोच राखेर “रवि काण्ड वा षड्यन्त्र जे भनौ, वा “अरिंगाल“ जाइ लागे जे भनौ, अहिले धेरै नेपालीको माथा अड्केको, पच्केको छ, रविलाई पÞmसाइयो भनेर ।

धेरै मात्रामा आवाज सुनिन्छ, रवि दोषी हैनन भनेर, कहिँ कतै हरेक समर्थन र बिरोध भित्र आ–आफ्नो राजनीति घुसेको छ र बिचरा त्यो भिड मात्रै होला, जो स्वच्छ रुपमा न्याय खोजेको छ, तर भिडलाई उक्साउने काम त्यसैले गरेको छ, जसले रविलाई सगरमाथा चढाएर लडाउन खोजेको छ ।

मैले, आफूलाई, निष्पक्ष रुपमा उभ्याएर, मिडिया र सामाजिक संजालमा आएका समाचार र अभिव्यक्तिको आधारमा भन्नु पर्दा, निम्न कुराहरुको मुल्यांकन गर्नु पर्ने देखिन्छ ।

१- मैले रविले चलाएको कार्यक्रम हेर्ने मौका पाइन, (२३ बर्ष देखि बिदेशमा बसेको हुनाले), तर, सुनिन्छ, उ हकी, आँटिला र निर्भिक कार्यक्रम प्रस्तोता हुन्, जसले भ्रष्टाचारी देखि राजनीतिज्ञ, वकिल देखि न्यायाधिश, नेता देखि कार्यकर्ता, कसैलाई बाँकी राखेनन् र गरिब, सोझा जनताका लागि भगवानको रुपमा अवतारित भएर यो सबै सुन्दा उनि प्रति इज्जत नबढ्ने कुरै छैन । र, यस्तै व्यक्ति हुन्, जसले ठुला शत्रुहरु पनि कमाउछन, जसले इन्लाई चक्रब्युहमा पार्न जे पनि गर्न सक्छन ।

२ -जहाँसम्म महान र ठूला भ्रष्टचार, कर्मचारीतन्त्र आदिको कुरा छ, “ठूला माछा“ भनिनेहरु तिर रविले जाल फ्याँके कि फ्याकेनन्, वा फ्याक्ने तरखरमा थिए, त्यो थाहा भएन किनकी “ठूला“ माछाहरु नंग्याउने प्रति अहिलेसम्म त्यस्तो कार्यक्रम देखिएको छैन र शायद, “ठुला माछाहरु“ ले æprevention is better than cure भन्ने सिद्धान्त लगाएर षड्यन्त्र रचेका हुनकी ?

३ -जहाँसम्म भिडको कुरा छ, भिड भिड नै हो, यसको असरले कहिले “प्रजातन्त्र र लोकतन्त्र र गणतन्त्र आदिको उदय हुन्छ, कहिले नानीमैया दाहाललाइ सबै भन्दा धेरै बहुमतले जिताइन्छ वा निर्दोषलाई कसैले “चोर“ भनेर कुट्यो भने “चोर“ चोर“ भन्दै त्यतै खनिन्छ । तसर्थ, प्रजातन्त्रमा भिड एउटा अचुक अश्त्र हो, यसले न्याय वा अन्याय दुवै गर्न सक्छ, जुन कुरा भिडको “रिमोट’ कसको हातमा छ भन्ने हुन्छ ।

४ -रविको मुद्दाको कुरामा, जहिलेसम्म मुद्दा अदालतमा प्रवेश गरेको थिएन, तबसम्म भिडले खबरदारी गर्नु उचित हो, तर अब मुद्दा अदालत प्रवेश गरि सकेपछि हामीले अदालतले न्याय गरोस् भनेर कुर्ने हो र अदालतलाई बिस्वाश गर्नु कानूनी राजको अपेक्षा गर्नु हो । तर, सरकारले “भिड“ नियन्त्रण गर्ने नाममा मानव अधिकारको उल्लङ्घन गर्न खोज्नु निरंकुशताको पराकास्टा हो ।

५- सबै भन्दा उदेक लाग्दो कुरा, सामाजिक संजालमा जसले जे पनि सेयर गर्ने, अनि भिड मात्र हैन, महान विद्वानहरुले पनि त्यसलाई बिस्वाश गर्ने र निष्कर्ष तुरुन्तै दिने । विदेशमा भएको घटनाको फोटो “मृतकको“ ढाडको हो भनेर तुरुन्तै बिश्वास गरि भिड उत्तेजित पार्ने आदि इत्यदि ।

६- गहन कुरा के हो भने, शालिकरामको भिडिओ कसरी बाहिर निस्क्यो, यदि आत्महत्या गर्नु नै थियो भने मर्नको लागि किन चितवन नै जानु पर्ने ? षड्यन्त्रको शंका गर्नु पर्ने आधार नभएका हैनन्, तर रबि जत्तिको लोकप्रिय संचारकर्मी माथि बिना आधार–प्रमाण हात हाल्ने कुचेष्टा कमसेकम सरकारले गर्नु नपर्ने हो ।

७- अन्य अभियुक्तहरु, साक्षि–प्रमाण, मृतक र आश्रित परिवारको अवस्थाको बारेमा पनि हामीले बुझ्नु जरुरी छ । बिबाहित मृतकलाइ कंडेलले अस्ट्रेलिया पठाउन भनि अस्मिता (रुकु) लाइ मिलाउनु नैतिकताको आधारमा राम्रो हैन । आशा छ, रविले यस्तो कुरामा साथ् नदिएको होस् ।

पुनश्च : माथि उल्लेखित कुराहरु मेरा निजि बिचारहरु हुन्, म गलत या सहि जे पनि हुन सक्छु, र तपाईंहरुको बिचारको पनि उत्तकै कदर गर्छु चाहे जे सुकै होस् ।
थापाको फेसबुकबाट लिइएको ।

वि.सं.२०७६ भदौ ९ सोमवार १९:४८ मा प्रकाशित

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापालाई किन नेपालको राष्ट्रिय विभूति मान्ने ?

कर्णेल उजिरसिंह थापाले वीरता र राष्ट्रिय सुरक्षामा पु¥याएको अतुलनीय योगदानको...

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

अदालतको प्रत्यक्ष प्रसारणमा अन्तर्राष्ट्रिय प्रचलनहरु

यतिबेला न्यायिक कारवाहीको प्रत्यक्ष सुनुवाईको थालनी भएपछि यसले सार्वजनिक बहस...

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

किन हुन्छ बौद्धिक वर्गको भूमिका र यथार्थबीच विरोधाभास ?

१ पृष्ठभूमि बौद्धिक वर्गलाई परम्परागत रूपमा जटिल मानसिक श्रममा संलग्न...

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...