११ भदौ,काठमाण्डौ । बानेश्वर, काँडाघारी, कागेश्वरी र रानीपोखरी बाट लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाण्डौ हानगरपालिका- ३१ मध्यबानेश्वर स्थित सडकमा चेकजाँच गर्दा सोही ठाउँका सप्तरी शम्भुनाथ नगरपालिका -५ का अजय दासलाई लागुऔषध सहित पक्राउ गरेको हो । निजको साथबाट लागुऔषध फेनरागन, नुरफिन र डाईजेपाम गरी जम्मा २३० एम्पुल बरामद गरेको थियो ।
त्यसैगरी महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले मंगलबार काठमाण्डौ कागेश्वरी मनहरा नगरपालिका-७ हरहरमहादेबबाट सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका ८ घरभई काठमाण्डौ काडाँघारी बस्ने अनिल बोहोरा र बिनोद बोहोरालाई लागुऔषध सहित पक्राउ गरेको छ । निजहरूको साथबाट ब्राउन सुगर १ ग्राम बरामद गरेको थियो ।
यसैगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले मंगलबार काठमाण्डौ महानगरपालिका- ७ कुमारीगालबाट महोत्तरीका आशुतोस अधिकारीलाई पक्राउ गरेको छ । निजको साथबाट फेनरागन, नुरफिन र डाईजेपाम गरी जम्मा १४४ एम्पुल लागुऔषध बरामद गरेको थियो ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
वि.सं.२०७६ भदौ ११ बुधवार १४:१५ मा प्रकाशित




























