back
CTIZAN AD

पानी अभियन्ता पार्देद्धारा एनआरएनए पोल्याण्डको अध्यक्षमा उम्मेदवारी घोषणा

वि.सं.२०७६ भदौ ११ बुधवार

720 

shares

२८ अगस्त, पोल्याण्ड । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) पोल्याण्डको अध्यक्षमा पानी अभियन्ता मित्रलाल पार्देले उम्मेदवारी घोषणा गरेका छन् ।
एनआरएनए पोल्याण्डको वरिष्ठ उपाध्यक्ष रहेर सक्रिय रुपमा काम गरिसकेका पार्दे हाल समितिका सल्लाहकार रहेका छन् । २०१९–०२१ का लागि एनआरएनए पोल्याण्डको अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गर्दै एनआरएनए पोल्याण्डलाई विश्वकै नमुना बनाउने समेत बताएका छन् ।

अन्तराष्ट्रिय कलारका समाज इनासका संस्थापक महासचिव तथा हालका उपाध्यक्ष समेत रहेका पानी अभियन्ता पार्देले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै निम्न लिखित प्रतिबद्धता पेस गरेका छन् । एनआरएनए पोल्याण्डको निर्वाचन १ सेप्टेम्बरमा हुँदैछ ।

यस्तो छ उनका घोषणापत्रका बुँदा
-बिश्वकै एक नमुना एन आर एन ए पोल्यान्ड बनाउने

-एन आर एन पोल्यान्ड कार्यालय स्थापना गर्ने

-एनआरएन वेबसाईट तयार पारेर एन आर एन गतिविधि प्रसारित गराउने

-एनआरएनए पोल्यान्ड पोल्यान्डका १६ क्षेत्रमा उपस्थिती हुने गरि एक विशाल एन आर एन ए पोल्यान्ड निर्माण गर्ने

-एनआरएनए पोल्यान्डले शुरुवात गरेको इमर्जेन्सी फन्डलाई निरन्तरता दिदै प्रभावकारी बनाउने

– एनआरएनए पोल्यान्डको प्रतिनिधित्व हरेक क्षेत्रमा सबल बनाइने

– -पोल्यान्ड भित्र रहेका कलाकारहरुको बारेमा विशेष योजना अगाडि सारिने

-एनआरएनए पोल्यान्डमा बिधानमा छल्फल गरि उपाध्यक्षको लागि पनि अनिवार्य महिला हुनु पर्ने व्यवस्था गर्न लागि पर्ने

-स्बिधानलाई नेपालीमा र अङ्ग्रेजीमा उल्था गरि सबैले पढ्ने र बुझ्ने गराइने

-विभिन्न समिती उपसमितिलाई प्रभावकारी गराइने

– पत्रकार बुद्दिजिवी बिचमा समन्वय गराइ समय समयमा बहसको थालनी गराइने

– हरेक पदाधिकारीमा हामी हाम्रो एन आर एन भन्ने सोचको विकास गराइने

-पोल्यान्ड रहेका विभिन्न व्यवसायीहरुसित समय समयमा छलफल गराएर उनीहरुका समस्या र समाधानको लागि सक्दो पहल गर्ने

-भिजिट नेपाल सम्बन्धि बिशेष कार्यक्रम गरिने ।

– हालसम्म एन आर एन ए पोल्यान्डले गर्दै आएको विभिन्न कार्यक्रमलाई बैज्ञानिक ढङ्गबाट पोलिश समुदायसित पनि परिचित गराइने

-नेपाली समुदायको लागि स्वास्थ्य सम्बन्धि बर्षमा कम्तिमा १६ पटक परामर्श सेवा सन्चालन गरिने ।

– पोल्यान्डमा भएका विभिन्न संस्थाहरुसित सहकार्य गरि नेपाल र नेपालीको लागि समय समयमा विभिन्न कार्यक्रम गरिने

– विभिन्न राजनीतिक दलहरुसित आवश्यक समन्वय गरि समय समयमा रचनात्मक कार्यक्रमहरु गरिने

-अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन नीति अवलम्बन गरिने

– एनआरएनए केन्द्रले उठाउदै आएको दोहोरो नागरिकता लगायत विभिन्न राष्ट्रिय बुदाहरुलाई सकृय रुपमा साथ दिन अगाडि बढ्ने ।

– खेलाडीहरु कला साहित्यको लागि विशेष कार्यक्रम गरिने

पोल्यान्डमा विभिन्न ठाउँमा काम गर्नेहरुको लागि एन आर एन भनेको यो हो भनेर स्पष्ट पारिने विभिन्न क्षेत्र कम्पनीमा एन आर एन पोल्यान्ड सम्बम्धी गतिबिधी जानकारी गराइने विशेष संयन्त्र विस्तार गरिने

-बिद्यार्थीहरु लगायत अन्य इमिग्रेसन सम्बन्धी केही जानकारी को लागि एनआरएनए सूचना डेस्क स्थापना गरिने । २४ बिश्वकै एक मात्र नमुना एनआरएन बिकास गर्दै हरेक ठाउँमा एनआरएन पोल्यान्डको उपस्थिति जनाउने संयन्त्र बिकास गर्ने

– नेपाली बाल बच्चाहरुको लागि बिशेष कार्यक्रम ल्याइने


– -निवर्तमान समितिले गर्दा गर्दै पूरा नभएका कामहरु निवर्तमान समितिलाई नै क्रेडिट जाने गरि कामहरु सम्पन्न गरिने

– नेपाली क्यालेन्डर प्रकाशित गरेर विभिन्न ठाउँमा पठाइने

– एक पटकको नेपाली सधैको नेपाली भन्ने नारालाई आत्म्साथ गरेर समितिलाई अगाडि बढाइने

– हरेक वर्ग समुदायलाई कानुनी काम गर्न प्रेरित गर्ने र कानुनी र गैरकानुनी काम सम्बन्धी समय समयमा बहस गरिने

– एनआरएनए पोल्यान्डले अन्य संघ संस्था र व्यक्तिको सामाजिक कार्यक्रममा सके साथ दिने नसके प्रेरित गरेर भए पनि उनिहरुको उर्जालाई विभिन्न रचनात्मक भुमिकाले अगाडि बढाइने एन आर एन भित्र नभएर बाहिर बसेर पनि नेपाल र नेपालीहरुको लागि काम गर्ने व्यक्ति संस्थालाई बिशेष सम्मान गरिने

– पोल्यान्डमा नेपाली दूताबास एवम कन्सुलर राख्नको लागि पहल गरिने

वि.सं.२०७६ भदौ ११ बुधवार १३:४८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...