back
CTIZAN AD

राप्रपा (संयुक्त) को निर्वाचन समिति गठन

वि.सं.२०७६ भदौ ११ बुधवार

810 

shares

११ भदौ, काठमाडौँ । राप्रपा (संयुक्त)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई दृष्टिगत गरी नेता धु्रवबहादुर प्रधानको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ । उक्त समितिले सङ्घीय, प्रदेश र स्थानीय तहका उपनिर्वाचनका लागि तयारी गर्नाका साथै विभिन्न क्षेत्रका वस्तुगत अवस्था अध्ययन गरेर रणनीतिक कार्ययोजना तयार गर्नेछ ।सो समितिमा ठाकुरप्रसाद शर्मा, श्याम तिमिल्सिना, भरतजङ्ग उप्रेती, बाबुराम बस्नेत, भरत पाठक, झलक प्याकुरेल र मीना शाहीलाई सदस्यको जिम्मेवारी दिइएको छ भने रामशरण पाठकलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

यसैगरी पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठन (संयुक्त) गठन गरिएको छ । केन्द्रीय कार्य सम्पादन समिति सदस्य ध्रुव रायमाझीको संयोजकत्वमा गठित १३ सदस्यीय समिति किसानको हक, हित, अधिकार, सेवा, सुविधा र सहुलियतमा केन्द्रीत रहनेछ । सङ्गठनको सदस्यमा इनु अधिकारी, तेज खरेल, बलबहादुर केसी, विष्णुप्रसाद पोखरेल, राजेश्वरराय यादव, राम आशिष पाण्डे, कृष्णविक्रम शाह, मातृका भुषाल, वसन्त अधिकारी, नवराज सिलवाल, नारायणबहादुर राउत, सुवास पण्डित छन् ।

यसैबीच उक्त पार्टीले सघन रुपमा देशव्यापी प्रशिक्षण सञ्चालन शुरु गरेको छ । गत साउनमा काभ्रेको धुलिखेलमा सम्पन्न केन्द्रीय प्रशिक्षक प्रशिक्षणमा सहभागी प्रशिक्षक अहिले जिल्लास्तरीय प्रशिक्षणमा खटिएका छन् । भाद्र महीना भित्र सबै जिल्लामा प्रशिक्षण गरिने योजनाका साथ प्रशिक्षण अभियान शुरु गरिएको पार्टीले जनाएको छ ।

प्रशिक्षण विभागका प्रमुख एवं पार्टी प्रवक्ता भुवन पाठकका अनुसार मुलुकको पछिल्लो राजतिनीक अवस्था , सङ्गठन निर्माण वर्ष २०७६ को कार्य योजना, सङ्गठन निर्माण र नेतृत्व विकास, सैद्धान्तिक पक्ष, सक्रिय सदस्यता वितरण अभियान, केन्द्रीय महाधिवेशनको तयारी, सूचना प्रविधिका विषयमा प्रशिक्षण दिइने छ । आगामी असोज महीनामा भने स्थानीय तहमा प्रशिक्षण दिइने जनाइएको छ ।

वि.सं.२०७६ भदौ ११ बुधवार १५:१९ मा प्रकाशित

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

संसदमा प्रधानमन्त्री नबोल्ने, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधि सभामा सरकारको नीति...

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...