back

परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरु देशका लागि चुनौती– मुख्यमन्त्री शाही

वि.सं.२०७६ भदौ ११ बुधवार

39 

shares


११ भाद्र, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताएका छन् ।

रफत सञ्चार क्लबले आज याहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हाल असहज अवस्था सिर्जना गरी देशको बिकास र समृद्धि रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेका तत्वको सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि सङ्घीय कानून नबन्दा सङ्घीयता कार्यान्वयनमा जटिलता देखिएको चर्चा गर्दै उनले भने, “सङ्घीयतामा नेपाल प्रवेश गरेको डेढ वर्षसम्म पनि सङ्घीय कानूनले पूर्णता पाउन सकेको छैन, यसले संवैधानिक प्रश्न उब्जिँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको छ ।”

राज्यका तीन सरकार बीच सहमति, सहकार्य र सहअस्तित्वका आधारमा समन्वय हुनुपर्ने भए पनि एकले अर्कोलाई मौका मिल्नासाथ धकेलिहाल्ने प्रवृतिकै कारण सङ्घीयताको कार्यान्वयनमा जटिलता देखिएको उनको भनाइ थियो ।

वि.सं.२०७६ भदौ ११ बुधवार १७:०० मा प्रकाशित

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री ‘प्रचण्ड’

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय...

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

ध्रुवे हात्तीलाई रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ध्रुवेलाई रेडियोकलर जडान...

संसदीय दलको विधान पुन: संरचना गर्ने रास्वपाको निर्णय

संसदीय दलको विधान पुन: संरचना गर्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान पुनःसंरचना...

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

अप्पर अरुणको पहुँचमार्गका लागि दुई वडाका दुई हजार रुख काटिने

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक...

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

कांग्रेस कार्यसम्पादन समितिको बैठक २९ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर...