back
CTIZAN AD

परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरु देशका लागि चुनौती– मुख्यमन्त्री शाही

वि.सं.२०७६ भदौ ११ बुधवार

816 

shares


११ भाद्र, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशको परिवर्तनलाई आत्मसात् गर्न नसक्ने तत्वहरू चुनौतीका रुपमा देखापरेको बताएका छन् ।

रफत सञ्चार क्लबले आज याहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले हाल असहज अवस्था सिर्जना गरी देशको बिकास र समृद्धि रोक्दै राष्ट्रियतामाथि चुनौती खडा गर्न लागिपरेका तत्वको सामना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि सङ्घीय कानून नबन्दा सङ्घीयता कार्यान्वयनमा जटिलता देखिएको चर्चा गर्दै उनले भने, “सङ्घीयतामा नेपाल प्रवेश गरेको डेढ वर्षसम्म पनि सङ्घीय कानूनले पूर्णता पाउन सकेको छैन, यसले संवैधानिक प्रश्न उब्जिँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको छ ।”

राज्यका तीन सरकार बीच सहमति, सहकार्य र सहअस्तित्वका आधारमा समन्वय हुनुपर्ने भए पनि एकले अर्कोलाई मौका मिल्नासाथ धकेलिहाल्ने प्रवृतिकै कारण सङ्घीयताको कार्यान्वयनमा जटिलता देखिएको उनको भनाइ थियो ।

वि.सं.२०७६ भदौ ११ बुधवार १७:०० मा प्रकाशित

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई तत्काल...

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

काठमाडौँ । सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन...

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

राष्ट्रियसभा बैठक पाँच मिनेटका लागि स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक पाँच मिनेटका लागि स्थगन भएको छ...

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगन भएको...

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

संसदीय गरिमा कायम गर्नुपर्नेमा सांसदहरूको जोड

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले संसदीय मर्यादा पालना गरेमात्र संसद्को गरिमा...