back
CTIZAN AD

स्कुल जाने क्रममा एक छात्राको मृत्यु

वि.सं.२०७६ भदौ ११ बुधवार

792 

shares


११ भाद्र, पाल्पा । विद्यालय जाने क्रममा पाल्पामा एक छात्राको बेहोस भएर मृत्यु भएको छ ।

रम्भा गाउँपालिका वडा नं ५ ताहुँ स्थित रम्भा माविमा कक्षा १० मा अध्ययनरत् १५ वर्षीया कमला फालको आज बिहान करीव १० बजे मृत्यु भएको हो ।

बिहान ७ः ३० बजे विद्यालयमा कोचिङ पढ्न जाने क्रममा सडकमा एक्कासी ढलेर उनी बेहोस भएकी थिइन् । उनको ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो । उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको मेडिकल कलेजले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।

छात्रा फाल दुई वर्षदेखि बेहोस भइरहने र यो महीनामा मात्र तीन पटक विद्यालयमा बेहोस भएको विद्यालयका प्रधानाध्यापक तुल्सीराम अर्यालले बताए । पूर्वखोला गाउँपालिका–६ हेक्लाङ घर भएका उनी विद्यालय नजिकै कोठा भाडामा बस्दै आएकी थिइन् । (रासस)

वि.सं.२०७६ भदौ ११ बुधवार १६:३२ मा प्रकाशित

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती

दाङ । बबई गाउँपालिका वडा नं. १ र ५ लाई...