back
CTIZAN AD

आजको सेयर बजार झिनो अंकले लाग्यो ओरालो

वि.सं.२०७६ भदौ १२ बिहीवार

831 

shares


१२ भाद्र, काठमाडौँ । बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.१६ बिन्दुले घटी २६१.२४ मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १७० कम्पनीको नौ लाख ७५ हजार ८३४ कित्ता शेयर रु २७ करोड ७३ लाख ५९ हजार ६५९ मा खरिदबिक्री भए ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आज दुई उपसमूहको मात्र शेयर बढेको छ । बैङ्किङ ०.८६, र विकास बैङ्क २.९ बिन्दुले बढ्दा व्यापार २.३७, होटल ०.०७, जलविद्युत् ३.०४, वित्त १.६९, निर्जीवन बीमा १०.७१, उत्पादन ३२.२२, अन्य ०.१५, लघुवित्त १.८४ जीवन बीमा ५०.२४ र सामूहिक लगानी कोषको शेयर ०.०२ बिन्दुले घटेको छ ।

कारोबारका आधारमा आज कुमारी बैङ्क शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको रु एक करोड ६२ लाख ४४ हजार ६०३ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४८ लाख ६६ हजार ४९२, एनआइसी एसिया बैङ्क रु एक करोड ३० लाख ८० हजार ७२६, प्रभू बैङ्क रु एक करोड १७ लाख ३८ हजार १३९, माछापुछ्रे बैङ्क रु एक करोड तीन लाख १३ हजार १८२ र छिमेक लघुवित्त विकास बैङ्कको संस्थापक शेयर रु एक करोड एक लाख ८६ हजार ३२० मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सबैको लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९८ प्रतिशतले कमाउँदा एनएलजी इन्स्योरेन्स ३.७२, युनियन हाइड्रोपावर ३।३९, एक्सेल डेभपलमेन्ट बैङ्क ३.३५, कालिका पावर कम्पनी २.५० र मितेरी डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले २.१५ प्रतिशतले कमाए ।

यस्तै युनाइटेड फाइनान्स ६.४१, कर्णाली डेभलपमेन्ट बैङ्क ३.७०, मिथिला लघुवित्त वित्तीय संस्था ३.६२, गरिमा विकास लघुवित्त वित्तीय संस्था ३.६१ र नयाँ नेपाल लघुवित्त विकास बैङ्कका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ भदौ १२ बिहीवार १६:५१ मा प्रकाशित

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

काठमाडौं । यामाहा नेपालले बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ 3S...

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

पहिला सुन अनि थुन: व्यवसायीमाथि बढ्दो धरपकडबीच सुष्मा श्रेष्ठको अपिल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ ९एफएनसीसीआईको ० जिल्ला–नगर महिला...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...