back
CTIZAN AD

युएईमा भतिजाको निधन भएको खबरले काकाको पनि ज्यान गयो

वि.सं.२०७६ भदौ १२ बिहीवार

663 

shares

१२ भदौ, युएई । युएईमा कार्यरत एक नेपालीको उपचारकै क्रममा मृत्यु भएको छ । डेढ महिनादेखि आबुधाबिको माफरक अस्पतालमा उपचार गराइरहेका उदयपुर पुरानदहका ३८ वर्षीय केदार कुमार कठायतको विहिबार ज्यान गएको हो ।

आवुधाविमा रहेको मिडिल ईस्ट कम्पनीमा सेक्युरेटीमा कार्यरत कठायत दुई महिना अघि व्यायाम गर्ने क्रममा एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै साथीहरुले अस्पताल पुर्याएका थिए । शरीरमा रगत जमेको र एउटा मिर्गौलाले समेत काम गर्ने छोडेको कारण उनको आइसीयुमा राखेर उपचार गरिएको थियो । उपचारमा केही सुधार आएपनि फेरि पहिले जस्तै बेहोस भएपछि डाक्टरले अब बचाउन नसकिने बताएको दुई दिनपछि उनको ज्यान गएको कठायतका आफन्त सन्तोष कोइरालाले जानकारी दिएका छन् ।

यता केदारको ज्यान गएको खबरले उनका ५१ वर्षीय काका नरेन्द्र बहादुर कठायतको पनि हृदयघातका कारण ज्यान गएको बताइएको छ । साथै श्रीमानको युएईमा भएको मृत्युको खबरले उनकी श्रीमती पनि बेहोस् भएको बताइएको छ ।

अहिले कठायतको शब खलिफा अस्पताल आवुधाविमा राखिएको छ भने प्रक्रिया पूरा गरेर उनको शब नेपाल पठाउन आवस्यक पहल भइरहेको नेपाली दूतावास युएईका काउन्सिलर भेष बहादुर कार्कीले बताएका छन् । केदारको परिवारमा बुबा आमासहित श्रीमती र दुई छोरी रहेको बताइएको छ ।

वि.सं.२०७६ भदौ १२ बिहीवार १७:०६ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...