back
CTIZAN AD

मन्त्रिपरिषद्को भिडियो कन्फ्रेन्स बैठक : मन्त्री बास्कोटाले भने-‘प्रधामन्त्रीले ‘हेलो’ भन्नु भयो हामीले ‘नमस्कार’ गर्यौ’

वि.सं.२०७६ भदौ १२ बिहीवार

879 

shares

१२ भदौ, काठमाण्डौं । उपचारका लागि सिगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ९ भदौमा डाकेको भनिएको मन्त्रिपरिषद्को भिडियो कन्फ्रेरेन्स बैठकको अहिले व्यापक आलोचना भइरहेको छ ।

बैठकलाई विभिन्न कोणबाट समिक्षा गर्न थालिएको छ । कसैले कन्फ्रेन्स बैठकलाई टेक्नोलोजीको नयाँ प्रयोग भनेका छन् भने कसैले कन्फ्रेन्स बैठक औपचारिक थियो कि, अनौपचारिक भन्ने प्रश्न उठाएका छन् । साथै केहीले देशको गोपनियता भंग हुने तथा केहीले टेलिकन्फ्रेन्स भन्दा पनि बैठकमा मुख्य विषय के उठाइएको थियो भन्ने विषयमा प्रश्न उठाइरहेका छन् ।

यसै विषयलाई लिएर सरकारका प्रवक्ता, सूचना तथा संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले भने यस विषयमा विहिबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै मन्त्रिपरिषद्को बैठक नबसिएको र प्रधानमन्त्रीले मन्त्रीहरुलाई ‘हेलो’ मात्र भनेको बताउँदै आफूहरुले बैठक पनि नभनेको र त्यसमा कुनै एजेन्डाहरु समेत नभएको बताएका छन् ।

‘सम्माननिय प्रधानमन्त्रीले हामीलाई हेलो भन्नु भयो, सामुहिक रुपमा हामीले नमस्कार गर्यौ, उहाँले फर्काउनुभयो, यो पहिलो प्रयोग थियो उनले भने, ‘उहाँले कैयौं विषय जानकारी लिनुभयो । उहाँले आफूलाई लागेको सल्लाह दिनुभयो र काम गर्न निर्देशन दिनुभयो ।’

मन्त्री बास्कोटाले टेक्नोलोजीमा गर्न सक्ने प्रमाणित भएको बताउँदै टेली कन्फ्रेन्सले देशको सार्वभौम सत्तामाथि कुनै संकट नपर्ने समेत बताएका छन् । ‘यति कुरालाई लिएर सावैभौम सत्तामाथि संकट पर्दैन् ।’ उनले भने ।

वि.सं.२०७६ भदौ १२ बिहीवार १८:१२ मा प्रकाशित

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ...

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

कर्मचारीको तलब अब १५–१५ दिनमा, महालेखाको नयाँ व्यवस्था

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले कर्मचारीलाई १५–१५ दिनमा तलबभत्ता भुक्तानी...

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले दोस्रोपटक सिफारिस गरेको संवैधानिक...

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...