back
CTIZAN AD

नौ सय क्विन्टल जडीबुटी निकासी

वि.सं.२०७३ मंसिर ९ बिहीवार

1.1K 

shares

९ मङ्सिर,बैतडी । जिल्लाबाट आव २०७२÷७३ मा ९७९ क्विन्टल जडीबुटी निकासी भएको छ ।

जिल्ला वन कार्यालयका अनुसार विभिन्न स्थानबाट सो परिमाणको जडीबुटी निकासी भएको हो । गत आवमा रिट्ठामात्रै एक लाख ३४ हजार ५०० किलो निकासी भएको छ ।

यस्तै चुत्रो छ हजार ३०० किलो, तेजपात ३४ हजार ४०० किलो, काउलो १९ हजार ७०० किलो, अमला २० हजार ६०० किलो, पाखनवेद १४ हजार ९०० किलो, सुगन्धवाल एक हजार १५० किलो र बोझो एक सय किलो निकासी भएको जिल्ला सहायक वन अधिकृत अमर बुलनले जानकारी दिनुभयो ।

रिट्ठा प्रशोधन उद्योगको तयारी

नागरिकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित जिल्लामा रिट्ठा प्रशोधन उद्योग स्थापनाको तयारी गरिएको छ ।

कैलाश पवित्र भू–परिधि संरक्षण तथा विकास पहल कार्यक्रमले गरेको अध्ययनअनुसार जिल्लामा वार्षिक ४४० टन रिट्ठा उत्पादन हुन्छ । उत्पादन भएको रिट्ठालाई प्रशोधन गर्नका लागि उद्योग स्थापना गर्न सके स्थानीयवासीको आयआर्जनमा सुधार ल्याउन सकिने जिल्ला वन अधिकृत प्रभात सापकोटा बताउनुहुन्छ ।

जिल्लाको गोकुलेश्वर क्षेत्र, पाटन नगरपालिका, च्वाँगढ क्षेत्रलगायतका ठाउँमा रिट्ठा बढी मात्राममा उत्पादन हुन्छ । “रिट्ठाबाट उत्पादन हुने पाउडरको बजार सम्भाव्यताका विषयमा अध्ययन भइरहेको छ,” उहाँले भन्नुभयो । जिल्लामा गैरकाष्ठ वनपैदावारमा आधारित उद्योग स्थापनाका लागि सबैसँग पहल भइरहेको अधिकृत सापकोटाले बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०८:२१ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेपाल केरामा आत्मनिर्भर उन्मुख

नेपाल केरामा आत्मनिर्भर उन्मुख

काठमाडौैँ । सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल...

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात

काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेत–बारीमा पाकेको मकैखेती भित्र्याउन भ्याइनभ्याइ...

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै...

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौँ । नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी...

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध...