back

प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्छ: अध्यक्ष गच्छदार

वि.सं.२०७३ मंसिर ९ बिहीवार

477 

shares
IME Limited
NTC AD

bijaya-gachhadar ९ मङ्सिर,विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रमुख तीन दलको सहमतिमा संविधान संशोधनको प्रस्ताव आउनुपर्ने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – अहिले आउन लागेको संविधान संशोधनको प्रस्तावका विषयमा विरोधाभाष देखिएकाले प्रमुख तीन दलको सहमतिमा संशोधनको प्रस्ताव आउनुपर्ने बताउनुभयो ।

अध्यक्ष गच्छदारले “मधेसी मोर्चाका नेताहरुकै फरक फरक धारणा, एमालेको पूर्ण असहमति र आफ्नो दलसँग पनि कुनै छलफल नगरेको अवस्थामा संविधान संशोधनको प्रस्तावमा विरोधाभाष देखिएको हो” भन्नुभयो ।

प्रमुख तीन दलका ठूला नेताबीच सहमति गरेर संशोधनको प्रस्ताव ल्याउनुपर्ने, त्यसो नगरिएको अवस्थामा समस्या समाधान नहुने चर्चा गर्दै उहाँले संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता भएपछि आफ्नो पार्टीको आधिकारिक धारणा आउने बताउनुभयो ।

अध्यक्ष गच्छदारले ठूला दलका नेताहरु आफ्नै निर्णयमा टिक्न नसक्ने प्रसङ्ग उल्लेख गर्दै “आफैँ जिल्ला टुक्र्याउने, अब जिल्ला टुक्र्याउन नदिने, कहिले आठ प्रदेशमा सहमति गर्ने अनि सात प्रदेश बनाउने, ‘कहिले पुरानै संरचना ठीक, कहिले बेठीक’, ‘कहिले आयोगलाई मान्ने, कहिले नमान्ने’ जस्ता विरोधाभाष अभिव्यक्तिका कारण समस्या सिर्जना भएको हो भन्नुभयो ।”

मुलुकको अवस्था तरल बन्दै गएको र मुलुक मुठभेडको अवस्थामा पनि जान सक्ने भएकाले ठूला दलका नेतालाई पार्टी र सत्ताको स्वार्थबाट माथि उठेर राष्ट्रिय हितमा अग्रसर हुनुपर्ने आवश्यकतामाथि उहाँले जोड दिनुभयो ।

अध्यक्ष गच्छदारले विवादित जिल्लाको समस्या आयोगको माध्यमबाट समाधान गर्नु उचित नहुने बताउँदै “झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरका जनता कुन प्रदेशमा बस्न चाहेको विषयमा जनमत सङ्ग्रहबाट टुङ्गो लगाउनुपर्नेमा जोड दिनुभयो ।

कैलाली कञ्चनपुर जिल्लाका साथै पाल्पा, प्युठान, रोल्पा र गुल्मीका जनताको पनि अभिमत लिनुपर्ने आयश्यकता उहाँले औँल्याउनुभयो ।

अध्यक्ष गच्छदारले मधेसको ‘एक इन्च जमिन’ पनि पहाडी प्रदेशमा मिसाउन नदिने भनेर मधेसी मोर्चाले आन्दोलन गर्ने र सो आन्दोलनमा शहादत भएका ६० जनालाई बिर्सेर बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेर सहमति गर्नेजस्ता कार्य मोर्चाले गरेको आरोप लगाउनुभयो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार ०८:१९ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र...

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा...

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको...

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा...

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे...