back

इपानद्वारा ऊर्जा सम्मेलनको तयारी

वि.सं.२०७३ मंसिर ९ बिहीवार

753 

shares

९ मङ्सिर,काठमाडौँ । सरकारले घोषणा गरेको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई साकार पार्ने लक्ष्यका साथ स्वतन्त्र ऊर्जा उत्पादकको संस्था(इपान)ले यही मङ्सिर ३० गतेदेखि ऊर्जा सम्मेलन गर्ने भएको छ ।

ऊर्जा मन्त्रालयको संरक्षकत्वमा इपानले आयोजना गर्ने सम्मेलनमा नेपालको ऊर्जा क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्था, सरोकार भएका निकाय, चीन, भारत, नर्वे, अमेरिकालगायत मुलुकका प्रतिनिधि सहभागी हुने इपानका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिनुभयो ।

इपानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सरकारले गत वर्ष सार्वजनिक गरेको राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी ९९ बुँदे अवधारणालाई पूर्णरुपमा कार्यान्वयनका लागि आग्रह गर्ने, नेपाली लगानीकर्तालाई लगानीका लागि सहज वातावरण तयार पार्नेलगायत योजना रहेका छन् ।

पछिल्लो पटक सरकारले काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त पारेकोमा इपानले धन्यवाद दिँदै त्यसको स्थायित्वका लागि सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको छ । नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्न तत्कालका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने भए पनि दीर्घकालमा त्यसले प्रभाव पार्ने भएकाले नेपाली लगानीकर्तालाई विद्युत् उत्पादनमा अभिप्रेरित गर्न र आवश्यक सहयोग उपलब्ध गराउन इपानले माग गरेको छ ।

“भारतबाट विद्युत् आयात गर्ने मानसिकता त्यागेर आन्तरिक उत्पादन बढाउनतर्फ लाग्नुपर्छ,” विष्टले भन्नुभयो– “ऊर्जा सुरक्षालगायतका विषयका आधारमा नेपाली लगानीकर्तालाई नै विश्वासमा लिएर सरकारले काम गरोस् । आवश्यक परेको समयमा मात्र बिजुली लिन्छु अरु बेला हामीलाई थाहा छैन भन्ने मान्यता नेपाल विद्युत् प्राधिरकणले त्याग्नुपर्छ ।”

सन् २०२२ सम्म विकासोन्मुख राष्ट्रमा फड्को मार्न १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक समृद्धिका लागि ऊर्जा क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । इपानका महासचिव कुमार पाण्डेले प्राधिकरणले नेपाली प्रवद्र्धकको विद्युत् सहज तरिकाले खरिद गर्नुपर्ने र कुनै पनि शर्त राख्न नहुने सुझाव दिनुभयो । इपानकै उपाध्यक्ष शैलेन्द्र गुरागाईंले नेपाली लगानी नेपालभित्रे रहने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभयो । रासस

वि.सं.२०७३ मंसिर ९ बिहीवार १०:२१ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...