back
CTIZAN AD

मृतक व्यक्तिका नाममा भत्ता खाने गाविस सचिव पक्राउ

वि.सं.२०७६ भदौ १९ बिहीवार

855 

shares


१९ भाद्र, तेह्रथुम । जिल्ला तेह्रथुम साविक दाँगपा गाविसमा कार्यरत तत्कालीन गाविस सचिव मणि प्रसाद राई पक्राउ परेका छन् ।

गाविस सचिव राईले मृतक व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी खाइमासेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा निजले सामाजिक सुरक्षा भत्ता वितरण कार्यसँग सम्बन्धित आफैंले ल्याप्चे लगाएको रु. १ लाख ४९ हजार परिचयपत्रमा रेकर्ड जनाई आफैले भुक्तानी लगेको साथै पेश्की फछर्यौट समेत गरिसकेको अख्तियारले जनाएको छ ।

जम्मा रू.२ लाख ९ हजार ७ सय नक्कली भरपाई तयार गरी झुठ्ठा कागजातको आधारमा तत्कालीन जिल्ला विकास समिति तेह्रथुमबाट भुक्तानी लिएको देखिदा सचिव राईले नेपाल सरकारको सम्पत्तिको हिनामिना तथा दुरुपयोग गराएको कसुर पुष्टि भएकोले निजले खाइमासेको सामाजिक सुरक्षा भत्ताबापतको रकम असुलउपर गरी पाउनसमेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १७:०२ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...