back
CTIZAN AD

नेतृ हिसीला यमीले के लेखिन् र त्यस्तो जसको सवैले मजाक उडाए

वि.सं.२०७६ भदौ १९ बिहीवार

996 

shares

१९ भदौ, काठमाण्डौं । समाजवादी पार्टीकी नेतृ हिसीला यमीले गरेको एउटा ट्विट विहिबार सामाजिक संजालभरी चर्चा बनेको छ ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी तथा नेतृ यमीले आफ्ना श्रीमानको नामको थरमा यमी लेखेकै कारण उनलाई सामाजिक संजालहरुमा मजाक पात्र बनाइएको हो । साथै कतिपयले उनको यस्तो ट्विटलाई महिला अधिकारसँग पनि जोडेर विश्लेषण गरेका छन् ।

नेतृ यमीले ट्विटमा आफ्ना श्रीमान बाबुराम भट्टराईको थरमा ‘यमी’ पनि जोडिदिएकी छन् । उनले आफ्ना ससुरा भोज प्रसाद भट्टराईको जन्मोत्सव कार्यक्रमको सम्झनामा गरेको ट्विटमा यस्तो लेखेकी हुन् । उनले लेखेको ट्विट सामाजिक संजालमा मजाक बनाउन थालिएपछि डा. बाबुराम भट्टराईले पनि पत्निको थरमा पतिको थर जोडेजस्तै पतिको थरमा पनि पत्निको थर जोड्न किन नहुने भन्ने प्रश्न गरेका छन् ।

‘केहि रुढीवादीले हिसिला जीको नाम पछाडि अनाधिकृत ढंगले पतिको थर जोड्न थालेपछि पतिले पनि किन पत्नीको थर नजोड्ने ? भन्नु स्वभाविक हो । विवाह गर्दैमा जीन नै परिवर्तन हुन्न, त्यसैले गोत्रसूचक थर फेर्नुपर्दैन् ।’ डा. भट्टराईले लेखेका छन् ।

भट्टराईले विवाह पछि जन्मने सन्तानमा आमाबाबु दुवैको जीन हुने हुनाले उसको थर संयुक्त हुनुपर्ने तर्क समेत राखेका छन् ।

वि.सं.२०७६ भदौ १९ बिहीवार १७:१२ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...