back
CTIZAN AD

नेप्से परिसूचक पुनः थामियो

वि.सं.२०७६ भदौ १९ बिहीवार

690 

shares


१९ भाद्र, काठमाडौँ । धितोपत्र बजारमा कारोवारमापक नेप्से परिसूचक आज पुनः थामिएको छ । मङ्गलबार र बुधबार बढेको नेप्से आज भने थामिएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवारमापक नेप्से ३.७ विन्दुले घटेर एक हजार १९१.०७ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९६ विन्दुले घटेर २५९.९० विन्दुमा पुगेको छ ।

नेप्से घटेसँगै कारोवार रकमसमेत औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको नौ लाख ५७ हजार ८८१ कित्ता शेयर रु २९ करोड एक लाख ७७ हजार ३५७ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएको कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा ०.१३ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ ।

यस्तै बैंकिङ ३.०३, होटल ३६.११, विकास बैंक ३.३५, जलविद्युत् ९.४६, वित्त १.९२, उत्पादन ७.३६, अन्य ०.३५, लघुवित्त ३.३७ र जीवन बीमा १८.०७ विन्दुले घटेको छ ।

कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक करोड ५१ लाख ९३ हजार ७४५ बराबरको कारोवार भयो । सिटिजन बैंक रु एक करोड ४४ लाख १५ लाख ८३७, एनआइसी एशिया रु एक करोड ३० लाख ३७ हजार, नागरिक लगानी कोष रु एक करोड दुई लाख ७३ हजार, प्रभु बैंक रु ८६ लाख ८२ हजार ५८७ र शिखर इन्स्योरेन्स कम्पनीको रु ८३ लाख ४० हजार ८८८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५.९७, एनआइसी एशिया ग्रोथ फण्ड ३.७९, दिव्येश्वरी हाइड्रोपावर ३.३९, छ्याङदी हाइड्रोपावर २.६० र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.४८ प्रतिशतले कमाए ।

यस्तै अरुण काबेली पावर ६.९१, कर्णाली डेभलपमेन्ट बैंक ४.५४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.८०, ङादी पावर ३.७० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.६ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ भदौ १९ बिहीवार १७:१२ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...