back

विप्लव समूहद्वारा मध्यराति शैक्षिक संस्थामा बम बिष्फोट

वि.सं.२०७६ भदौ २० शुक्रवार

255 

shares
RBB AD
NTC AD

२० भदौ, इनरुवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।

सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिष्फोट गराएर स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरी नायब उपरीक्षक शर्माले बताए ।

केही दिन अगाडि सुनसरीको इटहरीबाट विप्लव समूहका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीहरुले नै बिष्फोट गराएको प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको पनि उनले बताए । बिष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।रासस

वि.सं.२०७६ भदौ २० शुक्रवार ०८:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

मोटरसाइकल दुर्घटनामा दुई युवाको मृत्यु, तीनजना घाईते

काठमाडौं । कन्चनपुरको महेन्द्रनगर र झापामा मोटरसाइकल दुर्घटनामा परि दुई...

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...

कुन बेला खोलाले बगाएर मरिएला भन्ने त्रासमै बस्छन् होक्लाबारीका स्थानीय

कुन बेला खोलाले बगाएर मरिएला भन्ने त्रासमै बस्छन् होक्लाबारीका स्थानीय

झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी...

बाढीपहिरोले पक्की पुल बगाएपछि स्थानीयलाई आवगमन ठप्प

बाढीपहिरोले पक्की पुल बगाएपछि स्थानीयलाई आवगमन ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको भोटखोला गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की...

पालिकाद्वारा स्नातक तहमा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति

पालिकाद्वारा स्नातक तहमा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति

दमक(झापा) । झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित...

बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित

बाढीपहिरोबाट ताप्लेजुङमा ८१ परिवार विस्थापित

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बढीपहिरोका कारण ८१...