back
CTIZAN AD

अर्काको घरमा झुक्किएर पस्न खोज्दा घरधनीको गोली लागेर युवकको मृत्यु

वि.सं.२०७६ भदौ २० शुक्रवार

1K 

shares

२० भदौ, अमेरिका । अमेरिकाको मेरिल्याण्डमा अर्काको घरमा झुक्किएर पस्न खोज्नेलाई घरधनीले गोली हान्दा मृत्यु भएको छ । घरधनीले चलाएको बन्दुकको गोलीले निधन भएता पनि घरधनी निर्दोष साबित भएका छन ।

अमेरिकाको भर्जि्नियाको स्यानटिली (च्यानटिली)निवासी आफ्नो साथीहरु संग पौडी पोखरीमा आयोजना भएको उत्सव (पूल पार्टी ) मा सहभागी त्यहाँ पुगेका थिए । पौडी पोखरी समारोह सकिए पछि साथीको घरमा छिर्ने क्रममा संगै जोडिएको बारबेर (फेन्स) बाट झुक्किएर अर्काको घरमा पस्ने क्रममा सुरक्षाको लागि घरधनीले गोली प्रहार गरेपछि उनको निधन भएको थियो ।

अमेरिकामा अधिकांससंग बन्दुक राख्ने चलन हुने हुनाले आफ्नो सुरक्षा भनि यसरी राती घर छिर्न प्रयास गर्ने माथि गोली प्रहार गर्न पनि सकिने हुनाले उनि माथि गोली प्रहार गरिएको हो । उनले मादक पदार्थ सेवन पनि गरेका थिए । साथीभाईले उनलाई जिस्केर चुकुल लगाई दिएको भनि ठानेका थिए भनि उनका वकिलले वकालत गरेका थिए ।

मध्य रातमा झन् चिच्याएर घन्टी दिएपछि उनिमाथि गोली चलाईएको प्रहरीले जनाएको छ । अमेरिकामा हरेक घर जस्तोमा सुरक्षाको लागी जडान गरिएको चित्रग्राहिणी (श्रब्य दृश्य चित्रग्राहिणी (भिडियो क्यामरा) द्वारा मारिएका व्यक्तिले गरेको हर्कतद्वारा बाध्य भएर घर धनीले गोली चलाएका थिए ।

उक्त घटना मेरिल्याण्ड राज्यको होवार्ड काउन्टी निवासी घरमालिकलाई कुनै दोषारोपण नलाग्ने भएको छ । ५६ बर्षिय घर धनी चार्ल्स डोर्सेले गत जुलाई २१ का दिन भर्जि्नियाको स्यानटिली निवासी ४६ बर्षिय गेराडऱ्ो एसपिनोजालाई गोली प्रहार गरेका थिए ।

अर्काको घरमा राती १ बजे घन्टी दिंदा उनि मारिएका थिए । मृतकका वकिलले उनले घर बिर्सेको र बारम्बार भित्र जान घन्टी बजाएका थिए भनि तर्क पेश गरेका थिए । र मृतकले साथीभाईले मजाक गरेका होलान भनि ठानेका थिए ।

मृतकले सिमित मात्रामा पिउनु ३ गुणाले ज्यादा पिएको र मातेकोले ढोका हल्लाउने र भित्र धकेल्ने र जबर्जस्ती भित्र पस्न खोजेका थिए । १३ मिनेट सम्म दुवै तर्फबाट ठेलमठेल भएपछि ती व्यक्ति ढोका भित्र पसेका थिए ।

भित्र पसे पछि घरधनीले केवल एक गोली चलाएका थिए जुन काँध हुँदै कलेजो छिया परेको थियो । अनुसन्धानकर्ताले घर धनीले आत्म सुरक्षाको लागि भन्दै निर्दोष भएको बयान दिएका थिए ।

अमेरिकामा रिङ्ग भिडियो नामक (श्रब्य दृश्य चित्रग्राहिणी)अत्यधिक घरमा जडान भएको हुन्छ । यति मात्र हैन छर छिमेकीका कुनै पनि घटना हुने बित्तिकै हेर्न पनि पाइन्छ ।

अमेरिकामा सबै भन्दा खतरा भनेको रातीको समयमा झुक्किएर छिर्न खोजेमा या पस्न खोजेमा पनि यस्तो दुर्घटना हुने सम्भावना हुन्छ र यस्ता थुप्रै घटनामा गोली प्रहार गर्नेलाई निर्दोष मानिएको छ ।

समाचार श्रोत : डब्लुटिओपी डटकम

वि.सं.२०७६ भदौ २० शुक्रवार ०८:५६ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

नेपालमा फाइभजी सञ्चालन गर्न फोरजी विस्तार महत्वपूर्ण: दूरसञ्चार क्षेत्रको दिगो विकासमा जाेड

काठमाडौं । प्रविधि पत्रकार मञ्च (टीजेएफ) र हुवावे नेपालले संयुक्त...

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

त्रिवेणी (रुकुम पश्चिम) । गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा...