back
CTIZAN AD

अब सेयर ब्रोकरबाटै सेयर लगानीकर्ताले ऋण पाउने

वि.सं.२०७६ भदौ २० शुक्रवार

630 

shares

२० भदौ, काठमाण्डौं । लामो समयदेखि बहुप्रतिक्षित रहेको सेयर ब्रोकरले पनि सेयर लगानीकर्तालाई कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाका लागि सम्बन्धीत निकायले सम्पूर्ण तयारी पूरा गरेका छन् ।

अब केही साताभित्रै सेयर लगानीकर्तालाई ‘मार्जिन लेन्डिङ’ कर्जा प्रवाह गनै थालिने सिडियस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी) का प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले जानकारी दिए । ‘हामीले प्राविधिक सम्पूर्ण तयारी गरिसकेका छौं, अब आगामी सञ्चालक समितिको बैठकले पारित भएलगत्तै सुरु हुनेछ ।’ गुप्ताले भने ।


कारोबार राफसाफ गर्न मिल्ने ‘मार्जिन कारोबार पुल खाता’ तयार गर्न नसकेकाले यो सेवा सुचारु हुन सकेको थिएन । शुक्रबारको नयाँपत्रिका दैनिकले लेखेको छ । मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिले लगानीकर्ताले मार्जिन कारोबार अन्तर्गत खरिद गरेको धितोपत्र जम्मा हुने गरी छुट्टै हितग्राहि खाता हुनुपर्ने व्यवस्था गरेको छ । तर, सिडिएससीको विनियमावलीमा यस्तो व्यवस्था थिएन । यसमा पाँचौं संशोधन गरी उक्त व्यवस्था कायम गरिएको छ ।

यी हुन् मार्जिन कर्जा दिन अनुमति पाएका ब्रोकरहरु
श्री क्रियस्टल कन्चनजंघा सेक्युरेटिज प्रा.लि
श्री सेक्युर्ड सेक्युरेटिज लि
श्री भिजन सेक्युरेटीज प्रा.लि
श्री नेपाल स्टक हाउ प्रा.लि
श्री प्राइमो सेक्युरेटीज प्रा.लि
श्री कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरेटीज प्रा.लि
श्री दीपशिखा धितोपत्र कारोबार क.प्रा.लि
श्री सुन्धारा सेक्युरेटीज प्रा.लि
श्री इम्पेरियल सेक्युरेटीज प्रा.लि
श्री दिव्या सेक्युरेटीज एण्ड स्टक हाउस प्रा.लि
श्री आर्यतारा इन्भेष्टमेन्ट एन्ड सेक्युरेटीज प्रा.लि
श्री डाइनामाकि मनी मेनेजरस सेक्युरेटीज प्रा.लि

वि.सं.२०७६ भदौ २० शुक्रवार ०८:३७ मा प्रकाशित

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती पनि हटाइँदै

काठमाडौँ । काठमाडौँ उपत्कायका बागमती तथा सहायक नदी किनारामा रहेका...

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

१३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण सुरु

म्याग्दी । १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन...

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

नारायणगढ–बुटवल सडकखण्ड, दाउन्नेमा एकतर्फी ढलानको काम सकियो

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...