back
CTIZAN AD

किन परे २९६ म्यानपावरको लाईसेन्सको खारेजीमा !

वि.सं.२०७६ भदौ २० शुक्रवार

837 

shares

२० भदौ, काठमाडौँ । वैदेशिक रोजगारीलाई व्यवस्थित , मर्यादित बनाउने भन्दै सरकारले म्यानपावर कम्पनीको धरौटी रकम वृद्धि गरेपछि खारेजीमा परेका म्यानपावरले तिर्नुपर्ने क्षतिपूर्तिबापतको रकम कसले बेहोर्छ भन्ने अन्योल सिर्जना भएको छ ।

धरौटी रकम वृद्धि गरी नवीकरण हुन सरकारले तोकेको अवधि बुधबार सकिएको छ । ८ सय ४८ म्यानपावर कम्पनीले धरौटी रकम वृद्धि गरी लाईसेन्स नवीकरण गराएका छन् भने २ सय ९६ वटा म्यानपावर कम्पनीले लाईसेन्स नवीकरण गराएनन् । ती कम्पनी खारेजीमा परेका छन् ।

भेरी ओभरसिजविरुद्ध वैदेशिक रोजगार विभागका एक सय ४४ थान ठगीका उजुरी परेका छन् । पीडितको माग अनुसार सो म्यानपावरले दुई करोड ५१ लाख रूपैयाँ क्षतिपूर्तिबापत भुक्तानी गर्नुपर्नेछ । सरकारले धरौटी रकम वृद्धि गर्न आह्वान गर्दा सो म्यानपावरले लाईसेन्स नवीकरण नै गराएनन् ।

वैदेशिक राजगारीका क्रममा कैयौं युवालाई ठगी गरेको दृष्मा ओभरसिजले ६५ लाख ३५ हजार रूपैयाँ क्षतिपूर्ति तिर्नुपर्नेछ । धरौटी वृद्धि गरी नवीकरण हुन तोकिएको अवधिभित्र नवीकरण नभएपछि विभागले दृष्माको लाईसेन्स खरेज गरेको हो ।

युवालाई विदेश पठाउने क्रममा ठगी गरेको भन्दै ४२ थान उजुरी परेको अर्काे म्यानपावर स्ट्रयामफोर्ड बृज इन्टरनेसनल पनि धरौटी बृद्धि गरेको कारण खारेजीका परेको छ । सो म्यानपावर विरुद्ध उजुरी दिने क्रम जारी रहेकाले ठगीको बिगो अझै बढ्ने विभागका कर्मचारी बताउँछन् । शुक्रबारको नागरिक दैनिकबाट

वि.सं.२०७६ भदौ २० शुक्रवार ०८:३३ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...