back
CTIZAN AD

पशुपालक किसानलाई साढे छ करोड अनुदान

वि.सं.२०७६ भदौ २० शुक्रवार

840 

shares

२० भदौ, हेटौँडा । प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पशुपालक किसानलाई गत एक वर्षमा रु छ करोड ५२ लाख अनुदान दिएको छ । पशुपालन व्यवसायको प्रवद्र्धन र विकासका लागि मन्त्रालयले दूध उत्पादक किसानलाई अनुदान, बधशाला निर्माण, दाना उद्योग सञ्चालन आदिका लागि रु छ करोड ५२ लाख वितरण गरेको हो ।

मन्त्रालयले दूधमा अनुदानस्वरुप प्रतिलिटर २५ पैसाको दरले सात वटा जिल्लाको १४९ सहकारीमा रु एक करोड ५० लाख वितरण गरेको छ । यसअघि प्रतिलिटर रु एक वितरण गर्ने भनेकोमा रकम अभावका कारण हाललाई २५ पैसाका दरले मात्रै वितरण गरिएको जनाइएको छ । अनुदान पाउने सहकारीमा चितवनको ७४, मकवानपुरको २२, दोलखाको दुई, काभ्रेको २२ र ललितपुरको २२, धादिङ र नुवाकोटको एक÷एक वटा सहकारी छन् । मन्त्रालयले विभिन्न जिल्लामा दाना उद्योग सञ्चालनको लागि रु एक करोड ६५ लाख ५४ हजार वितरण गरेको मन्त्रालयका पशु विकास शाखा अधिकृत डाक्टर सविना मिश्रले जानकारी दिए । उनका अनुसार मन्त्रालयले चितवन, मकवानपुर र दोलखामा दाना उद्योग सञ्चालनमा ल्याउन लागेको छ ।

त्यस्तै मन्त्रालयले चितवन, ललितपुर र मकवानपुरमा तीनवटा पशु बधशाला निर्माणको लागि रु एक करोड ५० लाख दिएको छ । मन्त्रालयले  चितवन र धादिङमा  तीन÷तीन, सिन्धुली र दोलखामा एक÷एक र ललितपुरमा पाँचवटा साना ‘पशु बधस्थल’ निर्माणका लागि रु ८६ लाख ७६ हजार अनुदान रकम वितरण गरेको छ । तीनवटा जिल्लामा ‘चिलिङ भ्याट’ को लागि एक करोड ५० लाख बजेट वितरण गरेको मन्त्रालयले जनाएको छ । त्यस्तै मन्त्रालयले रु ९८ लाख २७ हजारको लागतमा २० वटा ‘मिल्क एनलाइज’ खरीद गरी प्रदेशका विभिन्न पाँचवटा जिल्लालाई प्रदान गरेको छ । (रासस)

वि.सं.२०७६ भदौ २० शुक्रवार १३:०६ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...