back
CTIZAN AD

एटिएमबाट पैसा निकाल्दै हुनुहुन्छ २० हजार भन्दा बढी मिल्दैन हैं

वि.सं.२०७६ भदौ २० शुक्रवार

930 

shares

२० भदौ, काठमाण्डौं । केही दिन अघि नेपालका एटिएम प्रयोग गरेर विदेशी ह्याकरले पैसा निकालेपछि एटिएम कार्डबाट गरिने क्यास कारोबारमा राष्ट्र बैंकले कडाई गरेको छ ।

राष्ट्रबैंकका अनुसार कुनैपनि सेवाग्राहिले एटिएम कार्डबाट एक दिनमा ६० हजार तथा एकपटकमा २० हजार भन्दा बढी पैसा निकाल्न नपाउने परिपत्र जारी गरेको छ ।

यस विषयमा नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले सेवाग्राहिले एटिएमबाट क्यासको कारोबार कम गरुन् र जोखिम पनि कम होस् भन्ने हेतुले यो परिपत्र जारी गरिएको बताएका छन् । कहिलेसम्म भन्ने प्रश्नमा निरौला भन्छन्, ‘कहिले सम्म भन्ने भन्दा पनि अहिलेको व्यवस्था यहि हो ।’

यसभन्दा पहिले डेभिड कार्डबाट एकपटकमा अधिकतम २५ हजार र एकदिनमा १ लाख रुपैयाँ सम्म सेवाग्राहिले निकाल्न पाउँथे ।

चिनियाँ ह्याकरले नविल बैंक, प्रभु बैंकलगायतका एटिएम बुथबाट भदौ १४ गते विहान ११ देखि ४ बजेसम्म विभिन्न ठाउँमा रहेका १७ बैंकका ६८ एटिएम ह्याक गरेका थिए । उनीहरुले १ करोड ८९ लाख ४४ हजार रुपैयाँ चोरी गरेको छानविन समितिले बुझाएको प्रतिवेदनमा जनाईको छ ।

वि.सं.२०७६ भदौ २० शुक्रवार १३:०१ मा प्रकाशित

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...