२० भाद्र । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह दोस्रो बर्षको परीक्षाका लागि विशेष मौका परीक्षाको आवेदन खुलाएको छ ।
मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका आशिंक परीक्षार्थीहरुले आ–आफ्ना क्याम्पसमा र प्राईभेट तर्फका पुरा र आशिंक परीक्षार्थीले तोकिएको स्थानमा गई फारम भर्नुपर्नेछ ।
२०६३ सालमा पहिलो पटक परीक्षा दिई ६ बर्ष नाघि उत्तीर्ण हुन नसकेका र प्राइभेटको हकमा २०६३ सालमा प्रथम वर्ष पहिलो पटक परीक्षा दिई ६ वर्ष नाघेर उत्तीर्ण हुन नसकेका परीक्षार्थीले यो पटक मौका परीक्षा दिन पाउने छन् ।
भदौ १७ गतेदेखि खुलेको आवेदन फारम कात्तिक १ गतेसम्ममा भर्न सकिन्छ भने कात्र्तिक १ पछि १३ गतेसम्म दोब्बर दस्तुर तिरेर परीक्षामा सहभागी हुन सकिन्छ ।
प्राइभेट तर्फका पुरा(जनप्रशासन र राजनीतिशास्तका) परीक्षार्थीको परीक्षा केन्द्र भने काठमाडौँ उपत्यकामा मात्र हुने बताइएको छ ।
त्रिवीले उत्तीर्ण हुन नसकेका विद्यार्थीका लागि ल्याएको यो अन्तिम मौका परीक्षा हो । त्यसैले यो मौकाका बारेमा आफन्त तथा साथिभाइलाई जानकारी गराउनु होला । मौका परीक्षाबारेको सम्पूर्ण कुराहरु सूचनामा विस्तृत रुपमा जानकारी दिइएको छ । सबैको जानकारीका लागि सक्दो सेयर गर्नुहोला ।
साथै यसबारे सम्पूर्ण जानकारी www.tuesam.edu.np मा पनि हेर्न सकिन्छ ।
वि.सं.२०७६ भदौ २० शुक्रवार १५:१७ मा प्रकाशित






























