back
CTIZAN AD

कुरा अतिरन्जित बनाईयो, पूल बेचेको होइन व्यवस्थापन गरेको हो-वडाअध्यद्धय चित्रकार र पुडाशैनी

वि.सं.२०७६ भदौ २० शुक्रवार

1.4K 

shares

२० भदौ, काठमाण्डौं । बेलकोटगढी नगरपालिका र विदुर नगरपालिकाको सीमामा रहेको पूल ‘वडा अध्यक्षद्धारा झलेुङ्गे पूल विक्रि’ भनेर राष्ट्रिय समाचार समिति विदुर प्रतिनिधिले लेखेको समाचारमा वडा अध्यक्षले खण्डन गरेका छन् ।

शुक्रबार आएको उक्त समाचारमा आफ्नो ध्यानाकर्षण भएको भन्दै विदुर नगरपालिका ५ का वडा अध्यक्ष शिवकुमार चित्रकारले आफूले पूल नबेचेर त्यसको व्यवस्थापन गरेको बताएका छन् ।

उनले बेलकोट गढी नगरपालिका र विदुर नगरपालिकाको ५ र ८ वडाको सीमानामा पर्ने उक्त झोलुङ्गे पूल राष्ट्रिय गौरवको आयोजना गल्छी–त्रिशुली सडक खण्डले भत्काएर नयाँ बनाएपछि त्यसको काम नभएकोले त्यसका समानहरु कवाडीलाई ७० हजार रुपैयाँमा बेचेको बताएका छन् ।
‘सडक आयोजनाले भत्कायो, व्यवस्थापन गरिदिनुस् भनेर भन्यौ उनीहरुले भत्काउने मात्र आफ्नो योजनामा रहेको बताएपछि हामीले त्यसको व्यवस्थापन गरेका हौं, ‘ वडा अध्यक्ष चित्रकारले संसारन्युजसँग भने, ‘पुल भत्काइयो, पुलका लठ्ठा, फलाम लगायतका सामान अलपत्र परेपछि हामीले यसको कसरी व्यवस्थापन गर्ने भनेर नगरपालिकासँग पनि छलफल गर्यौ । उहाँहरुले व्यवस्थापन गर्नुस् भनेपछि स्थानीयको सहमतिमा पूलको सामान कवाडीमा बेचेर दुईवटा वडाको नाममा ३५÷३५ हजार आम्दानी देखाइएको हो ।’

वडाअध्यक्ष चित्रकारले स्थानीय र नगरपालिकासँग मौखिक सहमति लिएको तथा कागजी सहमति नभएको अवस्थामा आफूहरुमाथि यस्तो आरोप लागेको बताए । ‘ हाम्रो नियत गलत होइन, प्रक्रियागत त्रुटी भएका होलान्, आफ्नो सम्पत्तिको व्यवस्थापन गरेका हौं’ अध्यक्ष चित्रकारले भने, ‘यो चरित्र हत्या गर्ने काम भयो, नयाँ प्राक्टिसमा यस्तो होला भन्ने सोचेनौं ।’ उनले भने ।

यसैगरी बेलकोटगढी नगरपालिका ८ का वडाअध्यक्ष भोज प्रसाद पुडासैनीले पनि दुई वडाको सीमामा रहेको तथा फालिएको झोलुङ्गे पुललाई व्यवस्थापन गरेको बताएका छन् ।
‘फागुनतिरको कुरा हो, साथीले अहिले निकाल्नुभएछ । वास्तवमा फालिएको पूललाई व्यवस्थापन गरेका हौं । गल्छी–त्रिशुली सडकखण्डले नयाँ पूल बनाएपछि बेवारिसे रहेको पूलको सामान बेचेर वडाको आम्दानीमा दाखिला गरेका हौं ।’

त्यसैगरी विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले पनि अध्यक्षद्धयले पूलको समान व्यवस्थापनका लागि कुरा राखेको र मौखिक स्वीकृति दिएको बताएका छन् । ‘उहाँहरुले सोध्नु भयो, मैले हुन्छ भने, आम्दानी आएको जानकारी पनि दिनुभयो । वडाको आम्दानीमा दाखिला गर्नु भएको छ होला !! मेयर पण्डितले भने, ‘प्रक्रियागतरुपमा परदर्शी नदेखिएको होला, तर नियत खराब भने देख्दिन ।’

त्यसैगरी विदुर नगरपालिकाका जनप्रतिनिधि सिताराम रिमालले पनि काटेर फालिएको कुरालाई व्यवस्थापन गरेर वडामा आम्दानी दाखिला गरिएको बताए । ‘मान्छे हिड्न अप्ठेरो भयो, जति आउँछ कवाडीलाई बेचेर व्यवस्थापन गरौं, आम्दानी वडाको हिसाबमा दाखिला गरौं भनेर उहाँहरुले यो निर्णय गर्नु भएको हो । छलफलमा हामी पनि थियौं ।’

यस्तो थियो राससको समाचार

वि.सं.२०७६ भदौ २० शुक्रवार १६:२६ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...