back
CTIZAN AD

चन्द्रागिरी नगरपालिकाले डेंगुबाट बचौं भन्दै यस्तो सूचना जारी गर्यो

वि.सं.२०७६ भदौ २० शुक्रवार

906 

shares

२० भदौ, काठमाण्डौं । देशैभरी डेंगुको संक्रमण बढ्न थालेपछि चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ ले डेंगुबाट बचौ भन्दै सूचना जारी गरेको छ ।

डेंगुबाट बच्ने उपायसहित नगरपालिकाले बुधबार उक्त सूचना जारी गर्दै सबैलाई सचेत बनाएको हो ।

‘काठमाण्डौं उपत्यकाको विभिन्न भागमा लामखुट्टको टोकाईबाट सर्ने डेंगु रोगको प्रकोप फैलिएको छ । आवाज ननिकाल्ने अत्यन्त सानो अकारको लामुखुट्टेले दिउँसो टोक्दा यो रोग सर्दछ,’ वडाअध्यक्ष उत्तम बहादुर राउतले जारी गरेको सूचनामा भनिएको छ, ‘डेंगुबाट बच्न यी उपायहरु अपनाउन सम्पूर्ण वडाबासीमा अनुरोध छ ।’


बच्ने उपायहरु
१ यी लामखुट्टेहरु सफा पानीमा हुर्कने हुनाले घरभित्र बाहिर पानी जमाएर नराख्ने । पानीमा हावा नर्छिने गरी बिक्रो लगाउने वा टम्म छापेर राख्ने ।
२- जम्म गरेको पानी कम्तिमा २ दिन भित्रमा खर्च गरी सक्ने ।
३- भाडाकुँडा घोप्ट्याएर राख्ने ।
४-गमलामुनीको प्लेटमा पानी जम्न नदिने ।
५-बरण्डा छतमा पानी जमेको भए बढारेर फ्याक्ने ।
६ -बाथरुम, कमोड, प्यानमा बराबर फ्लस गर्ने । ७- झ्याल ढोकामा जाली लगाउने ।
७-दिउँसो सुत्दा झुल टाँगेर सुत्ने ।
८- बारीमा काम गर्न जादा पूरा बाहुला भएको लुगा लगाउने वा नटोक्ने मल्हम लगाउने ।

वि.सं.२०७६ भदौ २० शुक्रवार १७:०१ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...