back
CTIZAN AD

डेंगुको उच्च जोखिममा काठमाडौँ, शुक्रराज अस्पतालका डाक्टर र कर्मचारीमा पनि संक्रमण

वि.सं.२०७६ भदौ २० शुक्रवार

2.1K 

shares

२० भदौ, काठमाडौँ । डेंगुबाट राजधानी काठमाडौँ लगायत देशभरका ४२ जिल्ला अत्याधिक रुपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ । सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो ।

काठमाडौँका मात्रै ५० दिनको अवधिमा ३३१ जना प्रभावित भएका छन् । ।यस्तै, देशभर डेंगुबाट संक्रमित हुनेको सङ्ख्या २ हजार ९०८ पुगेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ।

यो सङख्या अझै बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । काठमाडौँका स्थानीय ८१ जनालाई डेंगु संक्रमण भएको राजधानी दैनिकमा लेखिएको छ ।

यसैबीच नागरिक दैनिकमा डेंगु संक्रमितको उपचारमा खटिएका शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका चिकित्सक पनि संक्रमित भएका छन् । बिहीबारसम्म अस्पतालका तीन चिकित्सकसहित १२ कर्मचारीका डेंगु संक्रमण प्रमाणित भइसकेको छ । उनीहरुमध्ये ४ जनालाई भर्ना गरेर उपचार गरिएको थियो ।

वि.सं.२०७६ भदौ २० शुक्रवार ०७:५८ मा प्रकाशित

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ भन्दै वीर अस्पतालमा नर्सहरूको प्रदर्शन

काठमाडौं । नर्सिङ क्षेत्रको सुधार र पेशागत अधिकार सुनिश्चित गर्न...

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...