back
CTIZAN AD

महिला हिंसा नियन्त्रणमा राज्यको दायित्व दोब्बर पार्न जरुरी

वि.सं.२०७६ भदौ २० शुक्रवार

972 

shares

आजको नेपाली समाज महिला तथा बालबालिका विरुद्धको हिंसात्मक अपराधबाट ज्यादै पीडित छ । यस प्रकारको हिंसा नियन्त्रण गर्ने सम्वन्धमा राज्यका अथक प्रयासहरु जारी नै रहेको भनिएपनि ती त्यत्ति प्रभावकारी हुन सकेका छैनन् । कम्तिमा पनि राज्यका प्रयासहरु दोब्बर पार्नेतर्फ उन्मुख हुन जरुरी छ । यस परिवेशमा नेपालले विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरुको पक्ष राष्ट्र र वर्तमान संविधान तथा कानूनी व्यवस्था अनुसार महिला हिंसा नियन्त्रणमा विशेष जोड दिनुपर्ने आवश्यकता छ । यस सन्दर्भमा Declaration on the elimination या violence against women 1993 ले समेत राज्यको दायित्व निर्धारण गरेको छ ।

जसमध्ये फौजदारी कार्यसंग सम्बन्ध निम्न बिषयहरु महत्वपूर्ण छन् :-

१ -राज्यले महिला विरुद्ध हुने हिंसाजनित कार्य रोक्न विशेष निति अवलम्वन गर्नु पर्ने ।
२-महिला विरुद्ध हिंसा हुने कार्यमा रोक लगाउनु पर्ने । जस्तो कि प्रथा, परम्परा, सामाजिक प्रचलन आदि ।
३- महिला विरुद्ध हिंसा चाहे राज्य पक्षले गरेको होस वा निजी व्यक्तिबाट होस त्यस्तो कार्यलाई रोक्नुपर्ने र अपराध भएको भए प्रभावकारी अनुसन्धान अभियोजन गरि दिनु पर्ने ।
४.- महिला विरुद्ध हुने हिंसालाई रोक्न त्यस्तो अपराधजनित कार्यलाई दण्डनीय बनाउन राष्ट्रिय कानूनमा कानूनी व्यवस्था गरी त्यस्तो प्रभावकारी कार्यन्वयन गर्ने ।
५- हिंसाबाट पिडित महिलालाई न्यायमा पहुँच पुर्याउने र उचित क्षतिपूर्ति प्रदान गर्ने ।
६-प्रत्येक राज्यले महिलाविरुद्ध हुने कुनै पनि हिंसालाई रोक्न राष्ट्रिय कार्य योजना बनाउने ।
७- महिला विरुद्ध हिंसाजनित मुद्दाको अनुसन्धान तथा अभियोजन गर्ने र उचित दण्ड दिने प्रहरी सरकारी वकिल र न्यायिक निकाय एवम अन्य कानून कार्यान्वयन गर्ने अधिकारीलाई चुस्त र दुरुस्त बनाउनु पर्ने ।

हिंसा जनित अपराधहरु :-
१- घरेलु हिंसा
२- बलत्कार
३- जिउमास्ने वेच्ने
४- यौन शोषण
५-दाइजोजन्य हिंसा
६- सामाजिक हिंसा (वोक्सीको आरोप)

सरकारवादी हुने महिला विरुद्धका हिंसा सम्बन्धी मुद्दाहरु-
१-मानव वेचवीखन
२-जवरजस्ती करणी
३- वैवाहिक बलत्कार
४- वहुविवाह
५- वाल विवाह
६- ज्यान सम्बन्धी अपराध
७-वलपूर्वक गर्भपतन
८- सार्वजनिक अपराध
९-जाती पातिका आधारमा हुने अपराध

हिंसाबाट बढी पिडित हुने र जोखिममा रहेका महिलाहरु
१- अल्प सख्यक समुह
२- आदिवासी महिला
३- शरणार्थी महिला
४- दुर्गम तथा ग्रामीण क्षेत्रका महिला
५-आप्रवासी महिला
६- कारगार तथा हिरासतमा रहेका महिला
७- गरीब महिला तथा वालवालिका
८- अशक्त महिला
९- बृद्धमहिला
१०-द्वन्द प्रभावित महिला
११ -अपहेलित महिला

कानुन कार्यान्वयन गर्ने अधिकारीले लैंगिक न्यायलाई सकारात्मक सोच लिई त्यसको प्रभावकारी कार्यान्वयनका लागि पीडित प्रति गर्नुपर्ने व्यवहारः–
क.) पीडितसंग शिष्ट व्यवहार गर्ने ।
ख.) पीडितको समस्या धैर्यपूर्वक सुन्ने वुझ्ने र आवश्यक सहयोग गर्ने ।
ग.) अदालती कारवाहीको सिलसिलामा पीडितलाई मुद्दाको प्रगति सम्बन्धी जानकारी दिने ।
घ.) पीडितलाइ अदालती कारवाहीको क्रममा कहिले के कसरी कहाँ प्रस्तुत हुने भन्ने कुराको जानकारी दिने ।
ङ.) अदालतले तोकेको समयमा पीडित र साक्षीलाई अदालतमा उपस्थित गराउने (खासगरि महिला विरुद्ध हिंसासँग सम्बन्धित मुद्दामा) प्रहरीसँग आवश्यक समन्वय गरि मिलाउने ।
च.) पीडित र साक्षीको सुरक्षाको व्यवस्थाका लागि अन्य अधिकारी समक्ष आवश्यक समन्वय र पहल गर्नु पर्ने ।

छ.) अदालती एवं अनुसन्धानका कानूनी प्रकृयालाई छिटो छरितो र प्रभावकारी बनाउन प्रयास एवं पहल गर्ने ।
ज.) पीडितलाई क्षतिपूर्ति दिलाउने सम्बन्धमा आवश्यक पहल गरि सो विषयमा सजग र चनाखो हुने ।
झ.) महिला विरुद्धका हिंसा सम्बन्धी मुद्दामा अभियुक्तलाई के कति सजाय हुन सक्छ । सजाय दिलाउने के कस्ता प्रकृया र कार्य्विधी अपनाउनु पर्छ । सो बारेका पीडितलाई जानकारी दिने ।
ञ.) खासगरी जहाँ महिलाहरु हिसाबाट पिडित छन् उनीहरुको बारेमा निर्णय गर्दा कानूनको व्याख्या अक्षरशः भन्दा उद्धेश्यमुलक हुनु पर्दछ ।
ट.) अदालती प्रकृयामा महिलाहरुलाई न्यायको पहुँच पुरयाउन आवश्यक भौतिक तथा सकारात्मक वातावरणको श्रृजना ।
ठ.) उनीहरुप्रति शिष्ट व्यवहार, प्रथामिकता र विना झन्झट काम गर्ने कार्य सम्पन्न मात्र गर्ने ।

वि.सं.२०७६ भदौ २० शुक्रवार ०७:५४ मा प्रकाशित

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...