back
CTIZAN AD

आफ्नै शरीरमा आगोलगाएर किन गरे भारतीय नागरिकले आत्महत्या ?

वि.सं.२०७६ भदौ २० शुक्रवार

828 

shares

२० भदौ, बनियानी । झापाको अर्जुनधारा नगरपालिकामा एक भारतीय नागरिकले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेका छन् ।

अर्जुनधारा–६ महानन्द चोकमा रहेको प्रदीप गिरीको फर्निचरमा काम गर्ने भारतीय नागरिक २३ वर्षीय विश्वनाथ बरमनले बिहीबार बेलुका आफ्नै शरीरमा आगो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरमनले फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाइलेटमा पसी ढोका बन्द गरेर आफ्नो शरीरमा आगो लगाएको भन्ने खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बरमनलाई मृत अवस्थामा फेला पारेको हो ।
आफ्नै शरीरमा आगो लगाउनु पर्ने कारण खुल्न सकेको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ । (रासस)

वि.सं.२०७६ भदौ २० शुक्रवार १५:०५ मा प्रकाशित

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ । मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...