back
CTIZAN AD

क्यान्सरपीडित टुल्की चरम पीडामा, अझै उपचार भएन

वि.सं.२०७३ मंसिर १० शुक्रवार

1.1K 

shares

१० मङ्सिर,जुम्ला । आर्थिक अभावका कारण उपचार हुन नसक्दा क्यान्सरपीडित टुल्की नेपाली चरम पीडामा परेकी छिन् ।

हुम्ला दार्मा–१ गर्खागाउँकी टुल्कीलाई पाठेघरको मुखमा क्यान्सर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले थप उपचारका लागि उहाँलाई कात्तिक २९ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा सिफारिस गरेको थियो ।

यहाँ पुगेको डेढ साता बितिसक्दा पनि उपचार हुन नसकेको उनका पति दलवीर नेपालीले दुखेसो गरे । “आएदेखि एउटा होटलमा बसेका छौँ, उपचार गर्ने रकम पनि छैन, उनको चौबीसै घन्टा गन्हाउने रगत बगिरहन्छ, होटलका मान्छे घिनलाग्दो मानेर जाउँ भन्न थाले” – उनले दुःखेसो पाखे ।

जुम्लाका डाक्टरको समूहले रु २० हजार उठाएर यहाँ पठाएका थिए, त्यो सकिनै लाग्यो, आफ्नो भन्ने यहाँ कोही छैन, अब कसरी उपचार गर्ने होला भन्ने चिन्ताले पिरोलेको उनले बताए ।

एकातिर पत्नीको जीवन के हुन्छ ? अर्कोतिर घरमा बालबच्चाले के गरिरहेका होलान् ? भन्ने पिरले सताएको छ, उहाँले भन्नुभयो – उपचारका लागि भरतपुरमा कतैबाट सहयोग मिलेको छैन तर काठमाडौँबाट एकजना महिलाले हामी उपचारमा सहयोग गर्छौं भन्नुभएको थियो, अहिले उहाँसँग सम्पर्क हुन सकेको छैन ।

पाँच वर्षको बालिका घरमा छोडेर नेपाली दम्पती गत कात्तिक १६ गतेबाट उपचारका लागि भौँतारिएका छन् । आर्थिक सहयोगका लागि मोबाइल नं ९८६८९४०४९६ सम्पर्क गर्न नेपाली दम्पतीको आग्रह छ । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०६:१८ मा प्रकाशित

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...