back

क्यान्सरपीडित टुल्की चरम पीडामा, अझै उपचार भएन

वि.सं.२०७३ मंसिर १० शुक्रवार

825 

shares

१० मङ्सिर,जुम्ला । आर्थिक अभावका कारण उपचार हुन नसक्दा क्यान्सरपीडित टुल्की नेपाली चरम पीडामा परेकी छिन् ।

हुम्ला दार्मा–१ गर्खागाउँकी टुल्कीलाई पाठेघरको मुखमा क्यान्सर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले थप उपचारका लागि उहाँलाई कात्तिक २९ गते भरतपुर क्यान्सर अस्पताल चितवनमा सिफारिस गरेको थियो ।

यहाँ पुगेको डेढ साता बितिसक्दा पनि उपचार हुन नसकेको उनका पति दलवीर नेपालीले दुखेसो गरे । “आएदेखि एउटा होटलमा बसेका छौँ, उपचार गर्ने रकम पनि छैन, उनको चौबीसै घन्टा गन्हाउने रगत बगिरहन्छ, होटलका मान्छे घिनलाग्दो मानेर जाउँ भन्न थाले” – उनले दुःखेसो पाखे ।

जुम्लाका डाक्टरको समूहले रु २० हजार उठाएर यहाँ पठाएका थिए, त्यो सकिनै लाग्यो, आफ्नो भन्ने यहाँ कोही छैन, अब कसरी उपचार गर्ने होला भन्ने चिन्ताले पिरोलेको उनले बताए ।

एकातिर पत्नीको जीवन के हुन्छ ? अर्कोतिर घरमा बालबच्चाले के गरिरहेका होलान् ? भन्ने पिरले सताएको छ, उहाँले भन्नुभयो – उपचारका लागि भरतपुरमा कतैबाट सहयोग मिलेको छैन तर काठमाडौँबाट एकजना महिलाले हामी उपचारमा सहयोग गर्छौं भन्नुभएको थियो, अहिले उहाँसँग सम्पर्क हुन सकेको छैन ।

पाँच वर्षको बालिका घरमा छोडेर नेपाली दम्पती गत कात्तिक १६ गतेबाट उपचारका लागि भौँतारिएका छन् । आर्थिक सहयोगका लागि मोबाइल नं ९८६८९४०४९६ सम्पर्क गर्न नेपाली दम्पतीको आग्रह छ । रासस

वि.सं.२०७३ मंसिर १० शुक्रवार ०६:१८ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...