२३ भाद्र, काठमाडौँ । सरकारले चाडपर्वका लागि भन्दै सोमबारदेखि एकीकृत सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।
दशै, तीहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले सहुलियत पसल सञ्चालनमा ल्याएको हो । सिंहदरबारस्थित नेशनल ट्रेडिङ्को प्राङगणमा आयोजित उक्त सुपथ मूल्यकका पसलको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा मन्त्री यादवले चाडपर्वको बेला बजारमा हुने कालोबजारी तथा मूल्यबृद्धि नियन्त्रणका लागि सरकारले सहुलियत दरको सुपथ पसल सञ्चालन ल्याएको बताएका थिए ।

त्यसैगरी उद्योग तथा आपूर्ती मन्त्रालयका महानिर्देशक योगेन्द्र गौचनले उपत्यकामा ५ ठाउँमा र उपत्यका बाहिर २३ ठाउँमा सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने जानकारी दिए ।
साल्ट टे«डिङ कर्पोरेशन लिमीटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दशैं, तिहार तथा छठ पर्वका अवसरमा सहुलियत दरको सुपथ मूल्यको पसल सञ्चालन गर्दै आम उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय बस्तु बिक्री गर्दै आएको बताइन् ।

सहुलियत पसलमार्फत् खाद्य संस्थान तथा नेशनल टेडिङ्, साल्ट टेडिङ र दुग्ध विकाश संस्थानका उत्पादन तथा व्यवसायिक उपभोग्य बस्तुहरु बिक्रिका लागि राखिएका छन् । र यसलाई चार्डपर्वको बेला मात्र नभई निरन्तर दिने प्रयास गरिरहेको विभिन्न खाद्यसंस्थाहरुले बताएका छन् ।
वि.सं.२०७६ भदौ २३ सोमवार १८:३७ मा प्रकाशित




























