२४ भाद्र, काठमाडौँ । लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बी.पी. नगर डोटीका वन अधिकृत (आठौं तह) सुरेशचन्द्र डि.सी. माथि मुद्दा दायर गरिएको छ ।
डोटीका वन अधिकृत डि.सी.ले सरूवा भई डिभिजन वन कार्यालय कञ्चनपुर हाजिर हुन जाने क्रममा सेवाग्राहीको काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिए बापत घुस बुझी धनगढीतर्फ गइरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले डि.सीलाई ३ लाख २६ हजार घुस सहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा निज वन अधिकृत डि.सि.ले उक्त कार्य गरेबापत सेवाग्राहीसँग ५ लाख ६० हजार माग गरेको भन्ने देखिएतापनि निजबाट ३ लाख २६ हजार बरामद भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ भदौ २४ मंगलवार १६:०९ मा प्रकाशित




























