२४ भाद्र, काठमाडौँ । नेपाल विधुत प्राधिकरण, सिरहा वितरण केन्द्र, औरही नोलाईट सिरहा जिल्लामा कार्यरत ई.सि. छेदिलाल साह सुनार घुस सहित पक्राउ परेका छन् ।
औरही नोलाईट सिरहा जिल्लामा कार्यरत साह सुनारले करारको कर्मचारीमा भर्ना गरिदिन्छु भनी प्रलोभनमा पारी दुई जनासँग पटक पटक नगद तथा बैंक दाखिला समेत गरी प्रति व्यक्ति रु. १ लाख ५० हजारको दरले जम्मा रु ३ लाख लिईसकेको तथा पुन एक जनासँग रु ३० हजार र अर्कोसँग ५० हजार माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई सेवाग्राहीसँग रू.८० हजार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।
पक्राउ परेका निज साही सुनारबिच थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ भदौ २४ मंगलवार १६:३३ मा प्रकाशित




























