back
CTIZAN AD

१० लाख तिर्नुहोस् एनआरएनएको अध्यक्ष बन्नहोस्

वि.सं.२०७६ भदौ २४ मंगलवार

957 

shares

२४ भदौ, काठमाण्डौं । सुन्दा पनि अचम्म मान्नुहोला, यो समाचारको शिर्षक देख्दा अनि तपाईलाई लाग्ला संसारन्युजले किन यस्तो हल्का शिर्षक राख्यो होला भनेर । तर, यस्तै लेख्नुपर्ने बाध्यता आइपरेको छ पाठकबृन्द ।

त्यो पनि संसारभरीका नेपालीहरुलाई एउटै छातामुनि अटाउने उद्धेश्य बोकेर हिडेको संस्था एनआरएनएको जो सवाल छ यतिबेला । जसले ‘नेपालीका लागि नेपाली’ भन्ने मुख्य नारा बोकेर अगाडि बढेको हो ।

विगत केही वर्षदेखि गैरआवासीय नेपाली संघलाई धनाढ्यहरुको क्लव भनिदैं आइएको छ । तर, यसलाई एनआरएनएका केही नेताहरुले चिर्दै आएको भए पनि यतिबेला साच्चै धनाढ्यकै क्लबमा रुपान्तरण हुन लागेको देखिन्छ गैरआवासीय नेपाली संघ ।

संघ, नवौ विश्वसम्मेलनको पूर्वसन्ध्यामा छ । विभिन्न देशबाट संस्थाको विभिन्न पदका लागि धमाधम उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । तर, त्यहि निर्वाचनको पूर्वसन्ध्यामा एनआरएनए निर्वाचन समितिका संयोजक तर्फबाट शिव प्रसाद रिजालको नामबाट संस्थाको विभिन्न पदमा निःशुल्क रुपमा फेसबुकको भित्तोमा छरपष्ट एनआरएनएको विभिन्न पदमा उम्मेदवारी दिए भनेर पोस्ट गर्नेहरुका लागि मुटु नै कपाउने सूचना जारी गरिएको छ ।

जसमा निर्वाचनमा उठ्नेहरुले मनोनयनका लागि बुझाउनु पर्ने शुल्कको लिस्ट बाहिर आएको छ । उक्त लिस्टका कारण एनआरएनएका नेताहरु भित्रै मत बाझिएको बुझिएको छ । केन्द्रकै पदाधिकारीले यो गलत निर्णय रहेको बताएका छन् ।

अब एनआरएनएको अध्यक्ष हुनलाई विश्व सम्मेलनसम्म अध्यक्षका उम्मेदवारले देश दौडाहा गर्दा, भोट माग्दा, उनीहरुलाई आउने जाने टिकट हालिदिँदा, होटलमा खाने बस्ने खर्च तिरिदिँदा, आसेपासेलाई खुवाउँदा, प्रचार–प्रसारलगायतमा कम्तिमा पनि ३ करोड खर्चले पुग–नपुग हुने छ । त्यसरी नै अध्यक्षमा प्रतिश्प्रधी भएर लड्नेलाई पनि त्यत्ति नै खर्च लाग्नेछ भने अन्य उपाध्यक्ष, महासचिवसम्म आइपुग्दा कम्तिमा पनि एक व्यक्तिका लागि १ करोड खर्च हुने देखिन्छ । एउटा सामाजिक संस्थाको पदधारण गर्नका लागि झोलाभरी यातफेरि सुट्केशभरी पैसा बोकेर चुनाव लड्न आउनेपर्ने हुन्छ उनीहरुलाई ।


कसले कति तिर्नुपर्छ त ?
अध्यक्षका उम्मेदवार-१० लाख ( १००००अमेरिकी डलर)

उपाध्यक्ष तथा महासचिव–६ लाख रुपैयाँ (६००० अमेरिकी डलर)

सचिव तथा कोषाध्यक्ष–५ लाख रुपैयाँ (५००० अमेरिकी डलर)

सहकोषाध्यक्षका उम्मेदवारले ४ लाख रुपैयाँ (४००० अमेरिकी डलर)

महिला तथा युवा संयोजक–३ लाख ५० हजार रुपैयाँ (३५०० अमेरिकी डलर)

क्षेत्रिय संयोजक–३ लाख ५० हजार रुपैयाँ (३५०० अमेरिकी डलर)

क्षेत्रिय उपसंयोजक–२ लाख ५० हजार रुपैयाँ (२५०० अमेरिकी डलर)

क्षेत्रिय महिला तथा युवा संयोजक–२ लाख ५० हजार (२५०० अमेरिकी डलर)

आइसिसि सदस्य–१ लाख रुपैयाँ (१००० अमेरिकी डलर)

निर्वाचन सम्बन्धी नियमावली २०१९ को नियम ८.३ ले दिएको अधिकार प्रयोग गरी अन्तराष्ट्रिय कार्यकारी सचिवालयको निर्णय सहितको सिफारिसको आधारमा निर्वाचन समितिले देहाय बमोजिमको उम्मेदवारहरुको मनोनयन शुल्क निर्धारण गरेको बताइएको छ ।

अघिल्लो आठौं सम्मेलन भन्दा यो सम्मेलनमा मनोनयन शुल्क दोब्बर बढी बनाइएको हो ।


यसै विषयमा हालका कोषाध्यक्ष तथा २०१९–०२१ का उपाध्यक्षका उम्मेदवार हिक्मत थापासग यसबारेमा प्रतिक्रिया माग्दा भन्छन् –अहिलेको दोब्बर शुल्क वृद्धिले न्यून आए भएका, रोजगारीमा रहेका र मध्यपूर्ब, अफ्रिका र मलेसिया लगायतका एनआरएनए अभियन्ताहरुलाई नेतृत्वमा पुग्न घुमाउरो तरिकाले रोक्ने छ । जुन प्रबासमा रहेका सबै नेपालीको सामुहिक सस्था बन्न पुगेको एनआरएनएलाई यसले फाइदा पुर्याउदैन ।’

वि.सं.२०७६ भदौ २४ मंगलवार १६:४७ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...