back
CTIZAN AD

शानदार रह्यो नेपालको सान्तवना जित, यूएई १६० रनले पराजीत

वि.सं.२०७६ भदौ २४ मंगलवार

855 

shares


२४ भाद्र, काठमाडौँ । नेपालले एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा यूएईलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

२ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएई नेपाली बलरको कसिलो बलिङ सामु ३४.४ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो । नवौं ओभरको पाँचौ बलमा यूएईले पहिलो विकेट गुमाएको थियो । कमलसिंह ऐरीले आशिफ शेखबाट निल रोहन लोबोलाई ५ रनमा क्याच आउट गराउँदै पेभिलिएन फर्काए । १३ ओभरको अन्तिम बलमा अर्का ओपनर सैइद हैदरलाई सागर ढकालले १५ रनमा एलबी डब्लू आउट गरे ।

सागरलनै १८ ओभरको चौथो बलमा अरबिन्द्र रुद्रबेललाई २८ रनमा बोल्ड आउट गरे । उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । २० औं ओभरको पाँचौ बलमा अनिस १२ रनमा आउट भए । पवन सरार्फले अल्सान शरफुललाई २१ रनमा क्याच आउट गराए यूएईको विकेट पतन निरन्तर जारी रह्यो । नेपाली बलर सामु कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर खुलेर खेल्न सकेनन् ।
नेपालको फराकिलो जितमा सागर ढकालले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३ विकेट लिए । त्यस्तै पवन सरार्फ,सुर्य तामाङ र राशिद खानको नाममा समान २ विकेट रह्यो । त्यस्तै कमलसिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि यूएई टस जितेर ब्याटिङको निम्तो दिएपछि नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८५ रन बनाएको थियो । कप्तान रोहित कुमार पौडेलले सर्वा्धिक ६७ रनको योगदान दिए । ३३ ओभरको चौथो बलमा क्याच आउट हुनु अघि रोहितले ८४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।
तल्लोक्रममा राशिद खान र कमलसिंह ऐरीले उत्कृष्ट प्रर्दशन गर्दै नेपाललाई विशाल योगफल सम्म युर्याए। राशिद खान ४४ बलमा ५ चौका र १ छक्का सहित ४४ रनको महत्वपूर्ण योगदान दिए । अन्तिम ओभरको पहिलो बलमा क्याच आउट हुनुअघि कमलसिंह ऐरी २६ बलमा ५ चौका र २ छक्का सहित ४१ रन जोडेका थिए ।

ओपनर रित गौतम र पवन सरार्फ दुबै शून्यमा आउट भए । १९ ओभरको दोस्रो बलमा क्याच आउट हुनुअघि विकेटकीपर आशिफ शेखले ५३ बलमा ८ चौका सहित ४५ रन जोडे ।भिम सार्की १ रनमा आउट भए। सन्दीप जोरा ५३ बलमा ६ चौका सहित ४८ र कुशल मल्ल २२ बलमा २ छक्का र १ चौकाको सहयोगमा २२ रनको योगदान दिएका थिए । यूएईका लागि सञ्चित शर्मा र आकाश ताहिरले समान ३ विकेट लिए । कात्तिक पलानियाप्यनले २ र ऋषभ मुखर्जीको नाममा १ विकेट रह्यो । समुह बीमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ र दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएपछि समुह चरणबाटै बाहिरिएको थियो ।

वि.सं.२०७६ भदौ २४ मंगलवार १६:५२ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...