back
CTIZAN AD

अपराध महाशाखा र काठमाडौँ प्रहरीमा कसुर अनुसारको हिरासत कक्ष

वि.सं.२०७६ भदौ २४ मंगलवार

1.1K 

shares

२४ भाद्र, काठमाडौँ । प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ ।

महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसर (काठमाडौँ प्रहरी) को भौतिक संरचना विसं २०७२ को भूकम्पपछि अझै दयनीय छ । महाशाखामा भने थुनुवा कक्ष नै छैन । अस्थायीरूपमा बस्दै आएको परिसरमा थुनुवा मात्रै होइन, प्रहरी कर्मचारी नै एउटै कोठामा बसेर विभिन्न विभागको काम सम्हाल्नुपर्ने अवस्था छ ।

तर, अब बन्न लागेको अपराध महाशाखा र परिसरको भवन भने वर्तमान आवश्यकतालाई ध्यान दिँदै अपराध अनुसारको हिरासत कक्षसहित आधुनिक प्रविधियुक्त हुनेछ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अबको भवन कसुर अनुरुपको हिरासत कक्षको व्यवस्थाको साथै सेवाग्राहीमैत्री संरचना निर्माण हुने बताउँछन् । प्रहरीको उक्त भवनमा हत्या, चोरी, विशिष्ट व्यक्ति तथा अन्य कसुरमा फरक–फरक कक्षहरु राखिनेछ ।

परिसरमा ३०० र महाशाखाका १५० जना राख्न मिल्ने गरी भवन बन्दैछ । “अनुसन्धानको क्रममा पक्राउ परेका सबैलाई प्रहरीको व्यवहार समान हुनुपर्छ, कोही मानिस प्रहरी कार्यालयमा आयो भन्दैमा के परेछ भन्दै हेर्ने दृष्टिकोणमा गलत बुझाइ नहोस्, मैले मेरो प्रहरीलाई सूचना दिन आएको हुुँ भन्ने महसुस हुने गरी छुट्टै डेस्क हुन्छ र आफ्नो कुरा राख्न पाइन्छ ।”

‘गोरखा भूकम्प’ लगत्तै अपराध महाशाखा र प्रहरी परिसर विस्थापित भयो । भूकम्पपछिको चार वर्ष कष्टकररूपमा बिताएको महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाको नयाँ भवन निर्माणको आजदेखि औपचारिक थालनी भएको छ । दुई वर्ष्भित्र कामसक्ने लक्ष्य यसको छ ।

नेपाल प्रहरीको भौतिक पूर्वाधार निर्देशनालयले दिएको जानकारी अनुसार अपराध महाशाखाको भवन रु ३० करोडमा बन्दैछ । महानगरीय प्रहरी परिसरको भवन भने रु ६५ करोडको लागतमा निर्माण हुनलागेको हो । निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक लोकेशचन्द्र सिंहले १५ रोपनीमा परिसर र नौ रोपनीमा महाशाखा निर्माण हुने जानकारी दिए ।

भूकम्प गएलगत्तै हनुमानढोकाबाट महानगरीय प्रहरी परिसर र एकाएक टेकुस्थित तत्कालीन नेशनल ट्रेडिङ कर्पाेरेशनको पुरानो भवनमा सरेको थियो । महानगरीय अपराध नियन्त्रण महाशाखा भने त्यसैको छेउमा पार्टी प्यालेस नजिक टेन्ट टाँगेर बसेको छ । अहिले त टेन्ट घामपानी ओत्ने अवस्थाको छैन । च्यातिएको त्रिपालमा बसेर अपराध अनुसन्धान गर्दै आएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापा अब बन्ने भवन भने आधुनिक प्रविधिसहितको वर्तमान आवश्यकतालाई मध्यनजर गरी बन्न लागेकाले काम गर्न र सेवा दिन सहज हुने बताए भवन दुई वर्षभित्र बन्नेछ ।

आधुनिक साथै सुविधायुक्त एवं कार्यालयको कार्यप्रकृति बमोजिम कार्यालय, ब्यारेक, मिटिङ हल, व्यायाम हल, मेश आदिको व्यवस्थापन गरिनेछ । दुवै संरचनाहरुमा भूकम्प प्रतिरोधात्मक, अपाङ्गमैत्री, महिलामैत्री, वातावरणमैत्री हुनुको साथै अण्डरग्राउण्ड पार्किङकोसमेत व्यवस्था गरिने निर्देशनालयका प्रहरी उपरीक्षक रामकुमार चौधरीले जानकारी दिए ।

नेपाल पुलिस क्लबको बहुउद्देश्यीय भवन

यस्तै नेपाल पुलिस क्लबको बहुउद्देश्यीय भवनको समेत निर्माण प्रक्रिया शुरु भएको छ । यहाँ ७५० जना क्षमताको अडिटोरियम हल, गेम हलसहितको भवन बन्नेछ ।





 

वि.सं.२०७६ भदौ २४ मंगलवार १७:१५ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...