back
CTIZAN AD

गाउँमा बिजुली पुग्दा स्थानीयवासीले बाजागाजा सहित खुशीयाली मनाए

वि.सं.२०७६ भदौ २५ बुधवार

963 

shares


२५ भाद्र, नवलपुर । पहिलोपटक राष्ट्रिय प्रसारणको विद्युत् पुग्दा नवलपुरको पहाडी क्षेत्र द्वारीका स्थानीयवासी खुशी भएका छन् ।

नगरपालिकाकै वडा भए पनि अझैसम्म विद्युत् नपुग्दा यहाँका स्थानीयवासी टुकीको भरमा बस्नुपर्ने बाध्यता रहेको थियो । मध्यबिन्दु नगरपालिका–१४ मा पर्ने द्वारीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणको विद्युत् पहिलोपटक पुगेको हो । पहिलोपटक गाउँमा बिजुली आएको अवसरमा स्थानीयवासीले बाजागाजासहित खुशीयाली मनाएका थिए ।

“विद्युत् नहुँदा धेरै समस्या थियो, अन्धकारमा जीवन गुजार्दै आएका थियौँ”, द्वारीका खेमबहादुर सुनारले भने, “बिजुली बलेपछि गाउँनै झलमल भएको छ, सबैमा खुशियाली छाएको छ ।” बिजुली आएसँगै विद्युतीय काम गर्न धेरै सहज हुने सुनारले बताए । विद्युत् नभएकै कारण टेलिभिजन हेर्न नपाउने, अन्य विद्युतीय काम गर्नसमेत नसकिनेजस्ता समस्या रहेकामा अब भने सहज हुने उनको भनाइ थियो ।

द्वारी, सारुडाँडा, डम्फघेरालगायतका गाउँका १२० घर विद्युत् सेवाबाट लाभान्वित भएका छन् । स्थानीय, प्रदेश र सङ्घीय सरकारको गरेर रु ९५ लाखको लागतमा यस क्षेत्रमा विद्युतीकरण गरिएको मध्यबिन्दु नगरपालिका–१४ का वडाध्यक्ष मीनबहादुर दर्लामी मगरले बताए ।

मध्यबिन्दु–१४ अन्तर्गत पर्ने साविक मैनाघाट गाविसको भेडाबारी, पोखरडाँडा, छप्रादीका १५० घरमा आर्थिक वर्ष २०७४÷७५ मा बिजुली बाल्न सफल भएको भए पनि, साविक राकाँचुली गाविसको द्वारी, सारुडाँडा र डम्फघेरामा लामो समयको प्रयासपछि विद्युतीकरण गर्न सफल भएको वडाध्यक्ष मगरले बताए ।

गण्डकी प्रदेश सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ भन्ने नीतिअनुरूप अहिले नवलपुरका पहाडी क्षेत्रमा विद्युतीकरणको काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख राजीवकुमार शर्माले बताए ।

नवलपुरका पहाडी क्षेत्रअन्तर्गत बुलिङटार गाउँपालिकामा अझै विद्युत् पुग्न सकेको छैन । यस्तै पहाडी क्षेत्रका धेरै बस्तीमा समेत विद्युत् पुग्न बाँकी रहेको छ । सबै क्षेत्रमा विद्युत् पु¥याउने गरी अहिले कार्य सञ्चालन भइरहेको प्रमुख शर्माले बताए ।

पहाडी क्षेत्रमा विद्युतीकरणका लागि बोझापोखरीमा निर्माण गर्न लागिएको सवस्टेशन निर्माणको काम लामो समयसम्म स्थगित भएकामा अहिले यसको निर्माणको कामसमेत धमाधम चलिरहेको उनले बताए । चाँडै सवस्टेशन निर्माणको काम सकेर जिल्लाका पहाडी क्षेत्रमा विद्युतीकरण गर्ने योजना रहेको प्रमुख शर्माले बताए । (रासस)

वि.सं.२०७६ भदौ २५ बुधवार ११:५७ मा प्रकाशित

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि...

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँको सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

डुम्रे (तनहुँ) । यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई...

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

बागलुङ नगरपालिकाले बनायो कुकुरका लागि ‘होस्टेल’

गलकोट (बागलुङ) । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय...

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

पर्यटकीय बसाइ लम्बाउन घोडेपानी–पुनहिलमा पूर्वाधार विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा...

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

जमिन भासिएर बनेको भकासे, आरोग्य पर्यटनका लागि आकर्षक

म्याग्दी । पहाडको उच्च स्थानमा समथर टापु । चारैतिरको भिरालो...

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

‘बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन’

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक...