२५ भदौ, काठमाण्डौं । नायिका स्वस्तिमा खड्का चपली हाईट ३ की नायिकाको मूख्य भूमिकामा देखिने भएकी छन् ।
मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर चलचित्र ‘चपली हाईट ३’ निर्माण गर्ने घोषणा गरिएको हो । निर्माता अर्जुन कुमार रहेको उक्त चलचित्रमा निकेश खड्काको निर्देशन रहेको छ भने चलचित्रमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा र अभिनेत्री सुपुष्पा भट्ट र प्रतिक श्रेष्ठको पनि भूमिका रहने बताइएको छ ।
कार्यक्रममा अभिनेत्री खड्काले फिल्मको विषयवस्तु राम्रो रहेको र आफ्नो भूमिका शसक्त लागेकाले आफूले उक्त फिल्ममा मुख्य भूमिका निभाउन लागेको बताइन् ।

वि.सं.२०७६ भदौ २५ बुधवार १२:२८ मा प्रकाशित



























