back

‘नुवाकोटमा तस्करहरुका धन्दा रोकिएपछि ‘पुल बेचेको’ आरोप’

वि.सं.२०७६ भदौ २५ बुधवार

243 

shares
RBB AD
NTC AD

२५ भदौ, काठमाण्डौँ । नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाका वडा अध्यक्षहरुलाई लगाइएको पुल बेचेको आरोप वालुवा तस्करहरुको धन्दाका कारण लगाइएको खुलासा भएको छ ।

केही दिनअघि प्रकाशीत एक समाचारमा नुवाकोटको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका वडा अध्यक्षहरुले पुल बेचेर खाएको आरोप झुटो भएको पाइएको छ । विदुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष शिवकुमार चित्रकार र बेलकोटगढी वडा नं. ८ का अध्यक्ष भोजप्रसाद पुडासैनीले देविघाटको झोलुङ्गे पुल बिक्री गरी पैसा लिएको आरोप तस्करहरुले बदला लिने र बदनाम गराउने उद्देश्यले गलत अफवाह फैलाएको भन्दै यसको वास्तविकता खुलासा गरिदिएका छन् ।

भदौ २० गते राससमा प्रकाशीत समाचारलाई लिएर केही अनलाइनहरुले वडा अध्यक्षले ३५ हजारमा पुल बेचेको आरोप लगाइएको थियो । विदुर–५ का वडा अध्यक्ष चित्रकारले आफ्नो वडामा रहेका बालुवा तस्करहरुको वर्षाैँदेखिको बिगबिगी र अवैध धन्दालाई नियन्त्रण गर्न सक्रियता देखाएपछि यस्तो आरोप लगाइएको भन्दै स्थानिय नागरिकहरुलेसमेत पुल बेचेर खाएको आरोप विभिन्न प्रमाणहरुका आधारमा पुर्णतः गलत भएको हाम्रो यस अनलाइनसँगको कुराकानीका क्रममा बताएका छन् ।

पत्रकारिताजस्तो स्वच्छ र मर्यादित पेशालाई नै बदनाम गराउने उद्देश्यले पत्रकारिताको नाममा तस्करी धन्दा चलाउने र त्यसबाट चोखिन अनर्गल प्रचार गर्ने व्यक्तिहरुमाथी छानविन गरी कारबाहीको दायरामा ल्याउन समेत वडा अध्यक्षहरुले माग गरेका छन् ।

यसैगरी, वडा अध्यक्ष चित्रकार र पुडासैनीले पनि आरोपको वास्तविकता सार्वजनिक गर्न ठुलो संख्यामा स्थानिय जनताहरु सहितको सहभागितामा पत्रकार सम्मेलन गर्दै आफुहरुमाथी लागेको आरोपको खण्डन मात्र गरेका छैनन्, बालुवा तस्करहरुले आफुहरुलाई बदनाम गराउन झुटो प्रचार गरेको प्रमाणसहित पुष्टिसमेत गरिदिएका छन् ।

पत्रकारको नाममा अवैध धन्दा चलाउँदै आएका वालुवा तस्करहरुले आफ्नो धन्दामा धक्का लागेपछि व्यक्तिगत रुपमा रिसिइवी साँध्न र त्यसको बदला लिन पुलको वास्तविकताभन्दा बाहिर गएर समाचारको नाममा गलत प्रचार गरेको भन्दै प्रेस विज्ञप्तीमार्फत् सत्यतथ्य बाहिर ल्याएका हुन् ।

स्थानिय तहको गठन भएसँगै निर्वाचित भएका वडा अध्यक्ष शिवकुमार चित्रकारले वडामा सक्रियताका साथ विभिन्न जनमुखी कामका साथै अवैध नदी दोहनलाई रोक्न सक्रिय भएका थिए । लामो समयको प्रयासपछि वडा क्षेत्रमा पर्ने तादी खोलामा वालुवा डोजर प्रयोग गरी वालुका झिक्ने र बिक्री गर्ने तस्करहरुको धन्दालाई नियन्त्रण गर्न प्रहरीको सहयोगमा वडा अध्यक्ष चित्रकारले पहलकदमी लिएका थिए । सोही क्रममा मध्यराती तादीपुल क्षेत्रमा स्काभेटर लगाएर खोलाबाट वालुवा झिकिरहेको अवस्थामा प्रहरीले स्काभेटरसहित तीन जना व्यक्तिलाई पक्राउ गरी मुद्धा चलाएको थियो भने केही तस्करहरु वालुवा उत्खनन् गर्दागर्दा फरार भएका थिए ।

यसै क्रममा केही दिनपछि तस्करमै संलग्न व्यक्तिहरुमार्फत् अध्यक्ष चित्रकार र पुडासैनीलाई जोडेर पुल बेचिएको समाचार सार्वजनिक भएको वडाध्यक्षद्धय र दुवै वडाका स्थानियहरुले खुलासा गरिरहेका छन् । उनीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ–‘आफ्नो व्यक्तिगत स्वार्थ र गैरकानुनी धन्दामा धक्का लागेपछि हाम्रो व्यक्तिगत तथा संस्थागत चरित्रमाथी हिलो छ्याप्नु, मानमर्दन र अनर्गल प्रचार गरिनु पत्रकारिताजस्तो आम जनतालाई सत्य, तथ्य र सन्तुलित रुपमा समाचार मार्फत् सुसुचित गराउने पवित्र पेशाकै मूल्य, मान्यता र आदर्शको बर्खिलाप भएको हाम्रो ठहर छ ।’

वडा अध्यक्ष चित्रकार र पुडासैनीका अनुसार केही वर्षदेखि गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेँशी–रसुवागढी सडक आयोजनाले सडक विस्तार तथा स्तरोन्नतिका क्रममा निर्माण कार्य सुरु गरेपछि विदुर नगरपालिका वडा नं. ५ र बेलकोटगढी नगरपालिका वडा नं. ८ स्थित तादी खोलामा रहेको वर्षाैँ पुरानो झेलुङ्गे पुल जिर्ण भई भत्किनुका साथै पक्की पुल निर्माण पश्चात् नै यो प्रयोगबिहिन हुँँदै आएको थियो । सडक आयोजनाले सडक विस्तारको क्रममा पुल काटेर सोही स्थानमा सडक पर्खाल निर्माण थालेको छ । भत्किएको पुलका कारण त्यस क्षेत्रमा भद्रगोल भई पुलका लठ्ठा, फलामका कारण बाटोक्षेत्र अवरोध हुनुका साथै नदी क्षेत्र समेत प्रदुशित हुँदै आएको थियो । जसका कारण स्थानीयहरुको अनुरोधमा विदुर नपा ५ र बेलकोटगढी नपा ८ दुवैबीच आपसी छलफल र समन्वय गरी वडा सदस्यहरु र स्थानिय उपभोक्ता तथा सरोकारवाला सहित बसेर पुलका लठ्ठा, फलाम लगायतका सामग्रीहरुको व्यवस्थापन गर्ने निष्कर्षमा पुगेका थिए ।

प्रयोगबिहिन र अलपत्र परेका सो सामग्रीलाई बोलकबोलका आधारमा बिक्री गरिएको उनीहरुले बताएका छन् । स्थानियवासीहरुको रोहवरमा कबाडीको रुपमा ७० हजार रुपैयाँमा बिक्री गर्ने सहमति भएको बताइएको छ । ‘यस सहमतिमा विदुर नगरपालिकाका प्रमुख र बेलकोटगढी नगरपालिकाका प्रमुखको राय, अनुमति लिएको हौँ’, वडा अध्यक्ष चित्रकार र पुडासैनीले भने । उक्त सामग्रीको बिक्रीबाट प्राप्त रकम दुवै वडाको खातामा कानुनी रुपमा बराबर दाखिला भएको बैँक भौचर समेत प्रमाणको रुपमा सार्वजनिक गरेका छन् ।

गैरकानुनी धन्दालाई नियन्त्रण गर्न सक्रियता देखाएपछि आफुहरुबाट आत्तिएका तस्करहरुले नियोजित रुपमै बनावटी आरोप पत्रकारिताको नामबाट लगाएर चरित्रहत्या गरी बदनाम गराउने सुनुयोजित योजना र षड्यन्त्र भइरहेकोले यस्ता गलत प्रचारको पछि नलाग्न वडावासी र सञ्चार क्षेत्रसँग उनीहरुले आग्रह गरेका छन् । यस्ता प्रचारबाट बिचलित नभई सधैँ जनताको सेवामा इमान्दारिताका साथ लागिरहने चित्रकार र पुडासैनीले प्रतिवद्धतासमेत जनाएका छन् ।

वि.सं.२०७६ भदौ २५ बुधवार १३:१३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

भारतसहितका ८ देशमा राजदूत सिफारिस, कुन देशका लागि कस्को नाम सिफारिस ?

काठमाडौं । सरकारले भारतसहितका ८ देशका लागि राजदूत सिफारिस गरेको...

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानुनी व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा...

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

एघार महिनामा १३ खर्ब १४ अर्बको व्यापार घाटा, भारतसँग मात्रै ८ खर्ब बढी घाटा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा...

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीनजना पक्राउ

काठमाडौँ । कतारबाट कम्मरमा सुन लुकाएर ल्याउनेसहित तीन जनालाई प्रहरीले...

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

‘निजामती विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी’

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय...

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

हुलाकी राजमार्ग : रतुवा पुल निर्माण तीव्र

झापा । हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा...