back
CTIZAN AD

दशैंको अवसर पारेर असोज १७ गते देखि आउने भयो चलचित्र “शिबम् ”

वि.सं.२०७६ भदौ २५ बुधवार

1.1K 

shares

२५ भदौ, काठमाडौं । निर्देशक राजु गिरीले निर्देशन गरेको चलचित्र “शिबम्“ प्रदर्शनको लागी तयार भएको छ । चलचित्र सेन्सर बोर्डबाट सेन्सर पास गरी पिजी सर्टि्फिकेट लिएसँगै यो चलचित्र प्रदर्शनको लागी तयार भएको हो ।

एस.के. प्रोडक्सन एण्ड मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोहम भेटुवाल, शुभेच्छा थापा, रबि गिरी, प्रदिप गिरी, रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, राजु गिरी लगायतले अभिनय गरेका छन् ।

श्रीकृष्ण बम मल्लको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, राजु गिरी र जिवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन, राजु गिरीको कथामा राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ भने यस चलचित्रको निर्मातामा पर्बत कार्की र कल्पना खराल रहेका छन् ।

तिरुपति पिक्चर्सले वितरणको जिम्मा लिएको चलचित्र “शिबम्“ आफ्ना अघिल्ला अरु चलचित्र भन्दा पनि धेरै मेहनत गरेर निर्माण गरेको कारणले पनि दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको निर्देशक राजु गिरीले बताए । (चलचित्रमा चाहिने लभ, एक्सन, हाँस्य लगायत सबै मसला समेट्न धेरै मेहनत गरेका छौं, त्यसैले पनि चलचित्र शिबम् नेपाली दर्शकको मनमा बस्छ , निर्देशक गिरीले बताए । यो चलचित्र दशैंको अवसर पारेर यही अशोज १७ गतेदेखि देशब्यापी प्रदर्शन हुन लागेको छ ।

वि.सं.२०७६ भदौ २५ बुधवार १३:१३ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...