२५ भदौ, पर्वत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पर्बत जिल्ला ईन्चार्ज गुप्त बहादुर हमालले बांचेकाहरूले ईमान्दारीता र निष्ठाको बाटो अबलम्बन गर्नुपर्नैमा जौड दिएका छन ।
पर्बत जिल्ला पैयुँ गाऊँपालिका वडा न ३ का स्वर्गीय धनपति काफ्लेको १३ औँ पुण्यतिथिमा आयोजित श्रद्धांजली कार्यक्रममा उनले निष्ठा र इमान्दारीतामै उहाँप्रतिको सच्चा श्रद्धांजली हुने बताए ।
नेकपाको पैयुगाऊँपालिका अध्यक्ष चोकलाल न्यौपानेको अध्यक्षता र सचिब रेशमलाल सापकोटाको संचालनमा सम्पन्न श्रद्धाञ्जली कार्यक्रममा नेकपा पश्चिम नवलपरासीका अध्यक्ष भबिस्वोर तिवारी, प्रदेश सदस्य तथा पर्बत जिल्लाका पार्टी सचिव सुदीप कुँवर, जिल्ला नेताहरू उमाकान्त भुर्तेल, उमाकान्त सुबेदी, क्रान्तिकारी माओवादीका नेता तिलक अधिकारी, नेपाली कांग्रेसका प्रतिनिधी बेनुप्रसाद भुर्तेल लगायतले दिवंगतप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति समबेदना व्यक्त गरैका थिए । कार्यक्रममा परीवारका तर्फबाट झबिलाल काफ्ले र टेकलाल काफ्लेले धन्यबाद मंतब्य राखेका थिए ।

वि.सं.२०७६ भदौ २५ बुधवार १२:५५ मा प्रकाशित





























