back
CTIZAN AD

पीडित महिला र बालिकाका लागि एबिसी नेपाल

वि.सं.२०७६ भदौ २५ बुधवार

1.1K 

shares


२५ भाद्र, मोरङ । हिंसामा परेका महिला तथा बालिकालाई स्थानीय सामाजिक संस्था एबिसी नेपालले हेरचाह गर्दै आएको छ ।

उक्त संस्थामा घरेलु हिंसामा परेकालाई मात्र सहयोग एवं संरक्षण गर्ने गरिएको संस्थाका अध्यक्ष विष्णु शर्मा पन्तले बताए । उनले घरेलु हिंसामा परेका महिला, मानव बेचविखन, बलात्कार÷करणी, वैदेशिक रोजगार, बहुविवाह, यौन शोषण, यौन दुव्र्यहार, प्रेम विवाह, कुटपिट र हराएका बालिका तथा महिलाका समस्यामा सहयोग गर्दै आएको जानकारी दिए ।

उक्त संस्थामा अहिले छ बालिका बस्दै आएका र उनीहरुलाई अहिले संस्थाले नै शिक्षा दिने काम गरेको छ । दैनिक तीनदेखि चार जनासम्म घरेलु हिंसामा परेका महिला सहयोग माग्न आउने गरेको छन् । काममा धेरै समस्या र चुनैतीको पनि सामना गर्नुपर्ने अनुभव अध्यक्ष पन्तको छ । सरकारी सहयोगबिना नै यो संस्थाले विभिन्न सङ्घसंस्थाबाट सहयोग जुटाएर पीडितलाई संरक्षण र सहयोग गर्नाका साथै संरक्षणमा रहेका पीडित ९० महिलालाई सिलाइकटाइ र सौन्दर्यको तालीम दिँदै आएको छ । यसबाट उनीहरूले जीवन निर्वाह गर्न सक्ने बताइएको छ । तालीमबाट धेरै महिला आत्मर्निभर भई स्वरोजगारसमेत भइरहेका छन् ।

राज्यले पनि महिला सशक्तीकरण र निःशुल्क उच्च शिक्षा तथा रोजगारीजस्ता विषयमा ध्यान दिनुपर्ने, हरेक क्षेत्रमा महिलालाई अवसर दिनुपर्ने अध्यक्ष पन्तको प्रतिक्रिया थियो । अज्ञानता, अशिक्षा र रोजगारीको अभावमा हुने यस्ता घटनालाई निर्मूल पार्न राज्यले ठोस नीति बनाउनुपर्नेमा जोड दिँदै उनले अझै महिला शिक्षा, स्वास्थ्य, रोजगार र अवसरबाट वञ्चित भएकाले नै यस्तो समस्या भोग्नु परेको बताए । गत आार्थिक वर्षमा उक्त संस्थाले सीमानाकाबाट ५९ महिलालाई उद्धार गरेको र हराएको निवेदनमा पाँच जनाको उद्धार गरेको थियो । सीमानाकाबाट उद्धार गरिएका महिला तथा बालिका १८ वर्षभन्दा माथिका ४४ र १८ भन्दा तलका १५ थिए ।

संस्थाको संरक्षणमा रहेकी विराटनगरकै ममता शाहले आफूले निःशुल्कमा सिलाई सिक्न पाएकोमा खुशी व्यक्त गरे । आफूले पहिले नै सिलाइ सिक्ने योजना बनाएको तर पैसाको अभावले गर्दा सिक्न नपाएको भन्दै उनले अहिले सिक्ने अवसर पाएकोमा संस्थालाई धन्यवाद दिए । यस्तै अर्की महिला सुनिता चौधरीले आफूले सिलाइ सिकेपश्चात् अरुलाई पनि सिकाउने र एउटा सिलाइकटाइको टेलर खोल्ने जानकारी दिइन् । (रासस)

वि.सं.२०७६ भदौ २५ बुधवार १३:५७ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...