back
CTIZAN AD

सरकार र अदालतबीच संयमताको खाँचो

वि.सं.२०७६ भदौ २५ बुधवार

1.3K 

shares

जेमा पनि संबैधानिक असाधारण अधिकारक्षेत्रको रिटक्षेत्रमा अदालत प्रवेश गर्नु अदालती ओभर एक्टिभिज्म हुन्छ जसले लोकतान्त्रिक सरकार संचालन गर्ने शक्ति पृथ्थकिकरणमा बाधा दिने गर्छ । सरकारी कामहरूमा अदालतको नचाहिदो चाँसो बढ्दै गएको पाईन्छ । अदालतले सरकारलाई सशक्तिकरण र जवाफदेही बनाई दिनुपर्छ नत्र कमजोर सरकारमा अदालत र न्यायाधीशले पनि समाजमा दुःख हण्डर खान्छन् र खाँदैछन् ।

अदालत असाधारण अधिकार रिटक्षेत्रमा हतपत प्रवेश गर्न हुदैन । यस्तो असाधारण अधिकार क्षेत्र अतिनै प्रयोग गिदै आएकोले अदालत विकासको बाधक हो भन्ने जनमानष, कर्मचारी र सरकारमा परेको छ । जनताहरू फटाहा कानुनचीको हातमा फस्दै गएका छन् र समाज पनि झन् झन् धेरै कानुनची र काईते हुदै गएको छ । जेमा पनि रिट हाल्ने र प्रभाव तथा विचौलियामार्फत सेटिंग गरी सरकारको दाह्रा नंग्रा झिक्न थालेर निकम्मा बनाई सरकारबिहीन मुलुक हुन थालेको आभाष मिल्दैछ । दुईतिहाई होस् कि बहुमत, सरकारहरू सबै कानुनचीको फन्दामा रिंगिरहेका छन् र जनता निकम्मा प्रतीत सरकारबाट वाक्क दिक्क छन् ।

सरकार निकम्मा हुनुको एक कारण रिटमार्फत अदालतले असाधारण अधिकारको प्रयोगमा ज्यादति गर्नाले पनि हो भन्ने बुझाई पाईन्छ । हो उपयुक्त कानुन बनोस् र सबैको कानुनी अधिकारको रक्षा होस् तर यसो नगरी रिटैरिटमा अदालत रम्नु मुलुकको हितमा छैन । आखिर सबैको संरक्षक, अभिभावक, पालक जे भने पनि सरकार नै त हो नि, अरूले गरेर हुने हैन। जनताले चिच्याउने, कराउने, फेर्ने , चुन्ने , झपार्ने, मायागर्ने सरकारलाई नै त हो, अन्य निकाय त हैनन् ! मलाई पनि सरकारले काम गर्न नसक्नुमा एक ठूलो कारण अदालती ओभरएक्टिभिज्म नै लागेको छ । अदालत सरकारका निम्ति बाधक हैन, जनहितकार्यमा पूरक हुनुपर्छ, नागरिकको रक्षक हुनुपर्छ, कानुनको रक्षा गर्नुपर्छ, आफै सरकार बन्नु कदापी हुदैन ।

प्रशासन सेवामा त हुदै आएको हो तर अहिले सर्वोच्च अदालतमा पनि जुनियर न्यायाधीशको नेतृत्वमा ( प्रन्या) मातहत सिनियर न्यायाधीश रहेर काम गर्ने संस्कृति पनि हुन पुग्यो । सेना, प्रहरी, संबैधानिक निकायहरू र न्यायालयमा आजसम्म यसरी जुनियरको नेतृत्व मातहत सिनियर पदाधिकारी रहने गरेको छैन । स्थीर र दह्रो संस्थाहरूमा संसारभरि नै सिनियरलाई नै नेतृत्व दिईन्छ । जुनियरलाई ल्याउनु परे सिनियरलाई पदमुक्त गरिन्छ । अहिले निजामति सेवा भताभुंग हुनुको एउटा प्रमुख कारण सिनियारिटी बढुवा व्यवस्था भत्काउनाले पनि हो । नेपाली समाज ब्यवस्था प्रतिकूल अदालतलगायत सबै सरकारी अंगमा सिनियरिटी मिच्न हुदैन ।

शक्ति पृथकीकरणमा सरकारलाई आफ्नो कार्यकारी कार्यक्षेत्रमा काम गर्न अवरोध हाल्ने पहिलो संस्था अदालत हो भन्ने सरकार र कर्मचारीको आरोप रहदै आएको छ । जेमा पनि, जो पनि अदालत धाउने, मुद्दा नालिस गरिरहने, अदालतले जेमा पनि स्टे अर्डर दिने वा मुद्दावालकै पक्षमा आदेश दिने र वर्षौं नछिनेर मुद्दा लट्काई रहनुले सरकार जति बलियो भए पनि काम गर्न नसकेको र आलोचित भैरहेको हो भनिदै छ !

सरकारले पनि नयाँ नयाँ नीति घोषणा वा प्रोजेक्टको घोषणा गर्ने भन्दा पनि काम गर्ने नयाँ शैली, नयाँ प्रविधिको उपयोग र अनुपालन गर्न सके सरकारमा जनताको बढी विश्वास जाग्दै जान्छ । कामगर्ने संस्कार, संस्कृति र विधि उही कबाडी रहिरह्यो भने नेताहरू ५ हात उफ्रदै चिच्याउदैमा झिंगो पनि मर्दैन । जनपरिचालन र जनउत्साह जगाउन नसक्ने नेताहरूको अब काम छैन । हरेक व्यक्ति जसले आफूलाई नेता ठान्छ, तिनले कमसे कम आफ्नो कर्मक्षेत्र वा निर्वाचन क्षेत्रको समग्र नीति, योजना, जनपरिचालन, आर्थिक क्षमता र प्राकृतिक तथा जनश्रोतको परिचालनमा निजी, सहकारी, सरकारी र व्यक्तिहरूको सक्रिय र प्रभावकारी संलग्नता–सहकार्य गर्दै एक समृद्ध भूगोलसहितको समाज बनाउन थालेको हुनैपर्छ । सरकारी ढुकुटी सोहर्न र जनतामाथि राहत हैन आहतको कर मात्र थोपर्नेहरू नेता हुदैनन्, ती त औपनिवेशिक शोषक मात्र हुन् ।

यस निम्ति अध्यात्मिक साधनाबाट जीवनलाई उच्चक्षमताका साथ काम गर्न क्षमता परिचालित गर्न टेवा दिन हो । उमेर घड्किए पछि अध्यात्मको पछि लाग्दा के नै क्षमता बिकसित होला र ! समय गुज्रेपछि । त्यसको कामै पनि के पो रहला र ! युवाकालको आरम्भमैं क्षमता उच्च पार्न सके न आफूले गर्ने जुनसुकै क्रिया वा काममा आनन्द, प्रभावकारिता र सफलता हात पर्ने हुन्छ ! अध्यात्मिक साधना जीवनका सुरूवात देखिनै आरम्भ गरिनुपर्छ । नेता, कर्मचारी, न्यायमूर्तिहरूले मनन नगरेसम्म किमपि साध्यम् !

उपाध्याय नेपाल सरकारका पूर्व सचिव हुन्

वि.सं.२०७६ भदौ २५ बुधवार १३:४६ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...