back
CTIZAN AD

ओरालो तर्फ नै सेयर बजार, कसले कति गुमाए त ?

वि.सं.२०७६ भदौ २५ बुधवार

768 

shares


२५ भाद्र, काठमाडौँ । साताको शुरुवात देखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.७९ बिन्दुले घटेर २५४.७८ मा पुगेको छ । स्टकका अनुसार आज कूल १७१ कम्पनीका १५ लाख तीन हजार ९२८ कित्ता शेयर रु ३४ करोड १७ लाख ४५ हजार १३६ मा कारोबार भयो ।

कारोबार भएका १२ उपसमूहमध्ये एउटा समूहको मात्र शेयर झिनो अङ्कले उकालो लागेको छ । सामूहिक लगानी कोषको शेयर ०.०२ अङ्कले बढेको छ । बैङ्किङ १.७५, व्यापार ०.४२, होटल ३४.८४, डेभलपमेन्ट बैँक ४.७८, हाइड्रोपावर २.५९, फाइनान्स ०.३२, निर्जीवन बीमा ४९.०३, उत्पादन ८.६६, अन्य ०.३२, माइक्रोफाइनान्स ५.८१ र जीवन बीमा ३१.४७ अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेड शीर्ष स्थानमा रह्यो । सोल्टीको शेयर रु चार करोड ५५ लाख ५१ हजार ६५२ मा कारोबार भयो । लक्ष्मी बैँकको संस्थापक शेयर रु एक करोड ९० लाख ४१ हजार ६४८, छिमेकी लघुवित्त विकास बैँकको रु एक करोड ४२ लाख ७८ हजार ८४, नेपाल बैँकको रु एक करोड ३७ लाख ३१ हजार ५४३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड २९ लाख ६१ हजार २६३ र प्रभू बैँकको शेयर रु एक करोड २० लाख ७६ हजार ४९ कारोबार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा घलेम्दी हाइड्रो लिमिटेडका शेयरधनीले ४.४१, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.०४, गुह्वेश्वरी मर्चेन्ट बैँक एण्ड फाइनान्स कम्पनी ३.४८, नयाँ नेपाल लघुवित्त विकास बैँक रु ३.४६ र अरुण काबेली पावरका लगानीकर्ताले २.८६ प्रतिशतले कमाए । (रासस)

यस्तै नविल इक्विटी फण्डका शेयरधनीले ६.६९, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.६९, दिव्यश्वरी हाइड्रोपावर ५.१७, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.८१ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ भदौ २५ बुधवार १७:३६ मा प्रकाशित

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...